नेपाली नायकको अंग्रेजी चलचित्र

पछिल्लो समयका हर्ताकर्ता नायक रेश मरहठ्ठाले अमेरिकाको एक कम्पनी सँग मिलेर अंग्रेजी र नेपाली भाषामा चलचित्र निर्माण गर्दैछन् । करिब डेढ बर्ष अघि अमेरिकाको लेजेन्ट फिल्मस नामक कम्पनीलाई उनले आफ्नो स्क्रिप्ट पठाएको र अहिले आएर सो स्क्रिप्टमा चलचित्र बनाउन कम्पनी तयार भएको निर्माता तथा नायक रेशले फिल्मीखबरलाई बताए ।अमेरिकन कम्पनी लेजेन्ट फिल्मस र आफ्नै कम्पनी भ्वाईस इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्र 'रूट' को छायाँकन नेपाली र अंग्रेजी दुबै भाषामा एकसाथ गरिने निर्माता तथा नायक रेशको भनाई छ । अमेरिका र नेपालका प्राबिधिकहरू मिलेर निर्माण गरिने सो चलचित्रमा नेपालका तर्फबाट निर्देशक, केहि कलाकार, संगीतकार, द्वन्दनिर्देशक र केहि प्राबिधिकहरू रहने रेशले जानकारी गराए ।केहि दिन अगाडी सामाजिक संजाल फेसबुकको माध्यमबाट चलचित्रको लागी कलाकारको वान्टेड लेखेपछि बिश्वका बिभिन्न मुलुकबाट करिब ४० जनाले कलाकार बन्नको लागि आफ्नो बायोडाटा पठाएको रेशको भनाई छ । उनले भने, ' अमेरिकामा मोडलिङ गरेका मोडलहरूको साथमा मिस इन्डिया प्रिजेन्टस् पुजाले पनि आफ्नो चलचित्रमा अभिनय गर्न रूचि देखाएकी छन् ।'अन्तर्राष्ट्रिय स्तरको चलचित्र बन्न लागेको थाहा पाएर उनीहरूले अभिनय गर्न रूचि देखाएको हुनसक्ने रेशको अनुमान छ ।प्रविण अधिकारीको पटकथा र संवाद रहने सो चलचित्रमा बिदेशी र नेपाली कलाकारले अभिनय गर्ने छन् ।कास्टिङ डाईरेक्सनको जिम्मा लिएका अमेरिकी नागरिक रायन पियर्स अहिले सो चलचित्रका लागी कलाकार छनोटमा लागी परेका छन् ।चलचित्रमा नेपाली संगीत राखिने भएकोले संगितकार महेश खड्कालाई संगीतको जिम्मा दिईएको उनले बताए । रेशले भने,'हामी बिदेशमा चलचित्र प्रदर्शन गर्दा गीत र द्वन्दलाई हटाएर चलचित्र प्रदर्शन गर्नेछौं ।'चलचित्रमा अभिनय गर्ने कलाकारको छनोट मार्च महिनाको अन्त्य सम्ममा गरिने र मे महिनाको अन्त्य तिर चलचित्रको छायाँकन शुरू गर्ने योजना रहेको रेशको भनाई छ । चलचित्रमा नेपालको पर्यटकिय क्षेत्रलाई प्राथमिकतामा राखेर नेपालका बिभिन्न पर्यटकिय क्षेत्रमा चलचित्रको छायाँकन गरिने भएको छ । यसगरी चलचित्रमा नेपाली कला, संस्कृति र सभ्यतालाई पनि बिशेष स्थान दिईने भएको छ । यसअघि रेशले निर्माण गरेको चलचित्र 'च्यालेञ्ज' प्रदर्शनको क्रममा रहेको छ ।

0 comments:

Post a Comment