रेखा थापालाई सम्मान

सुनसरी, फाल्गुन ८ - लिम्बुवान चलचित्र विकास बोर्डले सुनसरी इटहरीमा आइतबार एक दर्जन बढी कलाकारलाई सम्मान गरेको छ । लिम्बुवान प्रभाव क्षेत्र अरुण पूर्वको ९ जिल्ला घर भएका कलाकारलाई एकै थलोमा राखेर बोर्डले सम्मान गरेको हो ।कार्यक्रममा मोरङ विराटचौक निवासी नायिका रेखा थापालाई सम्मान गर्‍यो । उनी कार्यक्रममा नआएपनि आमाले सम्मान थापेकी थिइन ।बोर्डले चलचित्र र कलाको माध्यमबाट योगदान गर्ने नेपाल चलचित्र निर्माता संघका राजकुमार राई, निर्देशक प्रकाश सुब्बा, नृत्य निर्देशक कामेश्वर झालगायतलाई सम्मान गरेको थियो ।बोर्डका सचिव मित्र लिङ्देनले देश संघीयतामा प्रवेश गरिरहेको बेला लिम्बुवान स्वायत्त प्रदेश माग गर्दै आएका आफुहरुले पनि चलचित्रको विकासका लागि बोर्ड गठन गरेको जानकारी दिए । अहिलेको व्यवसायीक नेपाली धारभन्दा पृथक रहने जातीय परम्परागत भाषाका सिनेमा निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने जोड उनले दिए ।पूर्वमा पछिल्लो समयमा कम वजेटका धेरै जातीय सिनेमा निर्माणको क्रम बढेकोछ । थारु, धीमाल, लिम्बु, मधेसी, भोजपुरीलगायतका भाषामा वाषिर्क २ दर्जनभन्दा बढी सिनेमा निर्माण हुन थालेका छन् । यस्ता सिनेमाले आफ्नोपन ल्याएको र बन्द धेरै सिनेमा हललाई पुनः संचालन गर्न सहयोग गरेको अनुभव कार्यक्रममा कलाकाहरुले व्यक्त गरेका थिए । साभार: इ कान्तिपुर

0 comments:

Post a Comment