हमालको एडल्ट फिल्म

अपकमिङ प्रोजेक्ट 'किन-किन' राजेश हमालका लागि दुई कारणले महत्वपूर्ण छ । पहिलो -'दुई दशक लामो फिल्मी करियरमा हमाल पहिलोपल्ट एडल्ट फिल्म खेल्दैछन् ।' दोस्रो -'करियरमै पहिलोपटक हमालले कुनैपनि फिल्मको स्क्रीप्ट पुरा पढेरै अभिनय गर्दैछन् ।'उकेश दाहालले निर्देशन गर्ने सिनेमामा हमाल एक चित्रकारको भूमिकामा छन् जो एक नाङ्गी आइमाइको पानीचित्र कोर्न चाहन्छन् । साउन मसान्तबाट सुटिङ सुरु हुने चलचित्रमा हमालसामु को न्यूड हुन्छ अहिलेसम्म निर्माता समेत रहेका निर्देशक दाहालले कुरो खोलेका छैनन् ।आफ्नो अघिल्लो चलचित्र 'पलपलमा' भन्दा बोल्ड गराउने तयारी रहेका निर्देशक दाहाल 'किन-किन'लाई सेन्सर बोर्डले 'एडल्ट सर्टिफिकेट' दिनेमा सुटिङ सुरु नहुँदै ढुक्क छन् । कथाले नै 'एडल्ट सर्टिफिकेट' माग गरेको दाहाल बताउँछन् । हमालले यो चलचित्रको स्क्रीप्ट घरमै लगेर पुरा पढेका थिए ।उनका सहयोगी रोशन ठकुरीका अनुसार आफ्नो फिल्मी करियरमा पहिलोपटक हमालले धैर्य भएर स्क्रीप्ट पढेको यो पहिलो अवसर हो । स्क्रीप्ट पढिसकेपछि हमालले कथालाई माइन्डब्लोइङ (मन्त्रमुग्ध) भनेका थिए । चलचित्रमा हमाल परिचित केमेष्ट्रीवाली हिरोइन करिष्माको अपोजिटमा देखापर्नेछन् । सुटिङ काठमाडौं र जिरीमा हुनेछ ।

0 comments:

Post a Comment