रेखाको बर्थडेमा उधारो चुरा

पर्सी भदौ ५ गते आफ्नो २७ औ जन्मदिन मनाउन लागेकी नायिका रेखा थापालाई उनका पति छवि ओझाले उधारो चुरा गिफ्ट दिदै छन् ।
"छविजीसंग व्हाईट गोल्डमा सना-सना हिरा जडित चुरा माग गरेको छु तर उहाँले कसले चोर्‍र्यो मेरो मनको रिलिजपछि मात्र दिने भन्नु भाछ, त्यसैले अहिले चाहि उधारो हुन्छ", उनले भनिन । कसले चोर्‍र्यो मेरो मन उनको पाँचौ प्रोजेक्ट अर्न्तगतको फिल्म हो ।
यस्तै बर्थडेमा खालि हात नपार्न छविले आफुलाई फूल उपहार दिने भन्दै थापाले एउटा क्याण्डल र नजिकका साथीभाईसंग गेट टुगेदर गरेर बर्थडे मनाउन लागेको बताईन् ।

२०५७ सालमा पहिलो पटक हिरो चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी नायिका थापाले पहिलो बर्थडेमा छविले सुनको पाउजु दिएको बताईन् ।
"त्यसपछी सुनको पाउजु लाउनु हुदैन भन्ने थाहाँ भएपछी सुरक्षित साथ अझै पनि राखेको छु" , छविले दिएको पहिलो उपहार सम्झदै उनले भनिन् । यस्तै गएको बर्ष चौथो प्रोजेक्ट "हिफाजत" को सुटिङपछी छविले आफुलाई ८५ हजारको ल्यापटप गिफ्ट दिएको, ६२ सालमा हिम्मतपछी अल्टुको गाडी दिएको थापाले बताईन् ।'जन्म भएको दिन कर्म गर्नु पर्छ' भन्दै नायिका थापाले आफ्नो जन्मदिनमा आश्रममा रहेका बृद्धबृद्धालाई भट्ने रहर भएको भन्दै व्यस्तताका बाबजुत त्यो रहर भने पूरा गर्न नसकेको बताईन् । हाल चलचित्र खुशीको सुटिङ्गमा व्यस्त रहेकी नायिका थापा जन्म दिनको दिन बिहान न्यूरोड स्थित संकटा मन्दिर दर्शनका लागि जाने छिन भने साँझ आफ्नै निवासमा गेटटुगेदर गरी जन्मदिन मनाउँदै छिन् ।
यदि तपाई नायिका रेखा थापालाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना दिन सक्नु हुन्छ । रेखालाई द नेपाल~रोमानिया डट कमको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना !

0 comments:

Post a Comment