नेफ्टा चलचित्र महोत्सवको आज समापन


चलचित्र प्राविधिक संघको आयोजनामा राजधानीमा जारी चौथो नेफ्टा चलचित्र महोत्सवको आज समापन हुँदैछ । श्रावण १६ गतेदेखि सञ्चालन भएको सो महोत्सवमा ३१ वटा चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा ०६६ वैशाख १ देखि २०६६ चैत मसान्तसम्म प्रदर्शन अनुमति पाएका चलचित्रहरु समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सवमा कुसुमे रुमाल-२, छोडी गए पाप लाग्ला, जीवनमृत्यु, कहाँ छौ कहाँ, पहिलो-पहिलो माया, जंगवाज, नेपाली वीर, धूम, इज्जतदार, दानवीर, अर्जुनदेव, दिवानापन, हिफाजत, मेरो एउटा साथी छ, निसाना, दाग, कहाँ भेटिएला, फर्ज, महान, रक्षक, नैनारेशम, बाटुली, तोड, सम्झना, दोस्ती, आफ्नो मान्छे आफ्नै हुन्छ, माया त माया हो र टक्कर दुई मुटुको सहभागी छन् । यिनै चलचित्रबाट विभिन्न विधामा नोमिनेसन सार्वजनिक गरि असोज महिनामा नेफ्टा फिल्म अवार्ड' बितरण गरिने आयोजकले जनाएको छ ।

0 comments:

Post a Comment