एउटा अविष्मरणीय यात्रामा दिपक र दीपा

निकै हर्षित हुँदै बुधबारको चिसो साँझमा सञ्चारकर्मी माझ कमेडी किङ दिपकराज गिरी भन्दै थिए, 'ब्यावसायिकतलाई हेरेर विदेश त धेरै पटक गईयो तर पुरै देशको प्रतिनिधित्व गर्दै यसपालिको जेनेभा भ्रमण जिवनकालकै अवस्मिरणीय हुने छ ।तितो सत्यमा उनको श्रीमती भएर अभिनय गर्ने दीपश्री निरौलाको साथमा आउदो आईतबार देखि बिहीबार सम्म स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको विशेष कार्यक्रममा उनीहरुले अर्न्तराष्ट्रिय सिने संगीत सेलिब्रेटी, विभिन्न क्षेत्रका उच्चपदाधिकारी र जर्नलिष्ट हरुको माझमा नेपालको प्रतिनिधित्व गर्दै दश मिनेट प्रेजेन्टेशन दिने कार्यक्रम छ । जहाँ उनीहरुले तीन बर्ष अगाडी नेपाल सरकार अर्न्तगत राष्ट्रिय क्षयरोग केन्द्रको पहलमा सद्भावना राजदुत हुँदा भोगेका, देखेका र क्षयरोग उन्मुलन गर्न चालेको विभिन्न प्रयासहरुलाई प्रस्तुत गर्दैछन् ।


विश्व स्वास्थ्य संघगठनको कार्यक्रममा नेपालबाट यो जोडी छनौट भएका हुन् । प्रेस भेटघाटमा उपस्थित क्षयरोग केन्द्रका पदाधिकारी गोकुल मिश्रले भने, 'भब्य रुपले आयोजना हुने उक्त कार्यक्रममा विभिन्न देशका चर्चित सेलिब्रेटीको पङ्तिमा तीतो सत्य जोडी पनि परेको हो ।' सामाजिक कार्यक्रमा अनुबन्धीत भएका दीपक र दीपाको करिब डेढ दशकको अभिनय यात्रामा पहिलो पटक देशको प्रतिनिधित्व गर्दै उनीहरुले अर्न्तराष्ट्रिय मञ्चमा आफ्ना सामाजिक कार्यका उपलब्धीलाई प्रस्तुत गर्नेछन् ।

सन् २००२ मा पहिलो पटक हङकङमा ब्यावसायिक रुपमा कार्यक्रम प्रहसन गर्न जादाको दिन सम्झदै दीपकले भने, 'त्यसपछी पनि प्रहसनका लागि हामी धेरै पटक विदेश गईसकेका छौ जुन नितान्त हाम्रो ब्यक्तिगत फाईदाको लागि थियो तर यसपालि भ्रमण देशकै ईज्जत भएकाले यसरी प्रेस भेटघाट गरिएको हो ।'

डब्लूएचओको एक हप्ते विशेष कार्यक्रममा भाग लिन जान लागेको उक्त टोलीले पशुपतिको जात्रा सिद्राको ब्यापार भने जस्तै यूरोपका विभिन्न मुलुकमा कार्यक्रम पनि गर्दैछ । क्रिसमशको पूर्वसन्ध्यामा यूरोपमा रहेका नेपाली एनआरएनहरुले गर्ने विभिन्न कार्यक्रममा तितो सत्य जोडीले सहभागीता जनाउने छ जुन नितान्त ब्यावसायिक हुनेछ । तर यो कुरालाई दीपक कलाकार भएको नाताले प्रस्ताव आएका विभिन्न कार्यक्रममा सहभागीता जनाउने स्वरूप भाग लिन लागेको बताउँछन् ।

दिपक र दीपाले ईटाली, बेल्जियम, जर्मनी लगायत युरोपका बिभिन्न मूलुकका करिब दश स्थानमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउदैछन् । जसका लागि डेढ महिनाका लागि तितो सत्यको प्याकेज सुटिङ उनीहरुले गरिसकेका छन् । मौका मिले उनीहरूले स्विटजरल्याण्डमा पनि तितो सत्यको सुटिङ गर्नेछन् ।

0 comments:

Post a Comment