आर्यन र निरज भन्दा राजवल्लभ अगाडि

संख्याका हिसाबले नायक आर्यन सिग्देल, निरज बरालका भन्दा राजवल्लभ कोइरालाको सिनेमा धेरै होलान् । तर, व्यापारका हिसाबले भन्ने हो भने यी दुई नायकको भन्दा राजवल्लभको सिनेमाको व्यापार पछाडि छ । तर, नायक राजवल्लभ कोइराला आज आएर यी दुईभन्दा अगाडि देखिएका छन् । कारण, उनले यी दुई नायकलाई नराम्रोसँगै पछारेका छन् ।यो पनि कुनै नेपाली सिनेमामा छनोट भएर होइन, हिन्दी सिनेमामा पनि होइन, नायक राजवल्लभ कोईराला हलिउड सिनेमाका लागि छनोट भएका हुन् । उनले, नायक आर्यन सिग्देल, निरज बराल, विनय श्रेष्ठलाई पछि पार्दै हलिउड सिनेमामा आफ्नो छनोट पक्का गरेका हुन् । अब, हलिउड सिनेमामा राजवल्लभले अभिनय गर्ने भएका हुन् । यो सिनेमाको नाम ‘हाइवे टु धम्पुस’ रहेको छ । धम्पुस नेपाली सिनेमाको छायांकनदेखि पर्यटकीय हिसावले चर्चित स्थान हो ।
उनी, हलिउडका केही सिनेमामा अभिनय गरेका एक पात्रको समानान्तर भुमिकामा देखिन लागेका हुन् । यो सिनेमालाई हलिउडका निर्माता, निर्देशकले नै बनाउन लागेका हुन् । सिनेमाको पुरा अंश नै अंग्रेजीमा ‘डव’ हुनेछ । यो सिनेमामा राजवल्लभ अडिसन दिएर छनोट भएका हुन् । अडिसन दिनका लागि आर्यन सिग्देल, विनय श्रेष्ठ, निरज बराल लगायतका नायकहरु पनि पुगेका दिए ।

तर, निर्माणपक्षले राजवल्लभलाई उत्कृष्ट ठहराउँदै चलचित्रको मुख्य पात्रको रुपमा छनोट गरेको हो । राजबल्लभले भने -’यो सिनेमामा छनोट हुँदा धेरै नै खुशी लागेको छ । म राम्रो गर्ने कोशिस गर्नेछु ।’ उनले पारिश्रमिकका बारेमा भने -’नेपाली सिनेमाको भन्दा धेरै नै बढी छ ।’ ठूलो उद्योग भएपछि पक्कै पनि पैसा पनि त्यही अनुसारको हुने नै भयो । हलिउड सिनेमामा छनोट भएकोमा नायक राजवल्लभ कोईरालालाई बधाइ ।

0 comments:

Post a Comment