'नेपाली फिल्ममा पनि डर्टी'

मिलन लुथरियाद्वारा निर्देशित बलिउड फिल्म 'डर्टी पिक्चर'ले भारतजस्तै नेपाली दर्शकबीच पनि राम्रो आम्दानी गरिरहेको छ। सधै शालिन र सामान्य पहिरनमा उत्रने हिरोइन विद्या वालनले फिल्ममा सन् ८० को दशककी दक्षिण भारतीय हिरोइन सिल्क स्मिताको भूमिका निर्वाह गरेकी छिन्। सेक्सी लुक र संवादका कारण चर्चित रहेको फिल्म हेरेपछि पाँच नेपाली हिरोइनको टिप्पणीः
डर्टी संवाद
नम्रता श्रेष्ठ, अभिनेत्री
एउटा फिल्मको सम्पूर्ण प्याकेज छ। सुरूदेखि अन्तसम्म तानिएँ म। फिल्म बनाउन झन्डै १० वर्ष अध्ययन गरिएको रहेछ। विद्या बालानको इनोसेन्ट
भूमिकाले फिल्मलाई भल्गर हुन दिएको छैन। सबैले गरेको मिहेनत फिल्ममा देखिएको छ। नेपालमा पनि यस्तो फिल्मको सम्भावना छ। तर यहाँ महिला सम्बन्धी फिल्म नै कम बनिरहेको छ। विद्याले पाएको जस्तो भूमिकाले कलाकारको क्षमता पनि उजागर हुन्छ।

माल्भिका सुब्बा, अभिनेत्री

यो एउटा खतरानक फिल्म हो। ८० को दशकको घटनाक्रमले अहिलेका दर्शकको मन छुनु नै यसको प्रमाण हो। फिल्मलाई भल्गर भन्न मिल्दैन। भलै सेक्सको सहारामा सफलता हासिल गर्नेको अन्त्य पनि भयानक हुन्छ भन्ने कुरा देखाएको छ। संवाद पनि सहयोगी छ। विद्यालाई भर्सटायल अभिनेत्री मान्न सकिन्छ। उनले सबै जोखिम मोलेर फिल्म खेलेकी छिन्। नेपालमा पनि प्रतिभाशाली अभिनेत्री छन्। तर यहाँ यतिको राम्रा फिल्म नै कति बनेको छ र?

हर्षिका श्रेष्ठ, अभिनेत्री
थोरैलाई मात्र मैले राम्रो फिल्मको सूचीमा राखेकी छु, त्यसमध्ये 'डर्टी पिक्चर' पनि एक हो। मान्छेको तुच्छ चरित्रको परिचय फिल्मले उजागर गरेको छ। सफलता पाउन मान्छे कतिसम्म गिर्नसक्छ र छोटो समयमा हासिल गरेको सफलता धेरै टिक्दैन भन्ने कुरा फिल्मले प्रस्तुत गरेको छ। फिल्म क्षेत्रमा काम गर्ने सबैले यो फिल्म एकपटक हेर्नै पर्छ। नेपाली फिल्ममा सिल्कजस्ता पात्रको उपस्थिति हुनसक्छ। तर नेपालमा पनि यस्तो सफलता टिक्ने वातावरण छैन।

ऋचा घिमिरे, अभिनेत्री
एकदमै राम्रो फिल्म बनेको छ। फिल्मको प्रोमो र थि्रलरले मलाई हलसम्म जान प्रेरित गर्‍यो। हिन्दी फिल्म हेर्न पैसा खर्च नगर्ने म यो फिल्म हेर्न चाहिँ गइहालेँ। विद्याको अभिनय र उनले खेलेको भूमिकाको तारिफ गरिनै पर्छ। सिल्क स्मिताको बायोग्राफीभन्दा केही फरक प्रस्तुत गरिएको हुँदा पनि फिल्म राम्रो बनेको हो। कतैकतै भल्गर भएको हो कि जस्तो लागे पनि अर्को दृश्यले भल्ग्यारिटीलाई हटाइहाल्छ। संवादले पनि फिल्मलाई भल्गर हुनबाट बचाएको छ। वास्तविक नेपाली फिल्ममा पनि यस्ता चरित्रका अभिनेत्रीहरू मैले देखेकी छु। सेक्सलाई हतियार बनाएर सफल हुन खोज्ने मानिसको सफलताको आयु कम हुन्छ भन्ने कुरा उनीहरू बुझ्न चाहन्नन्।

प्रियंका कार्की, अभिनेत्री
विद्या बालानको फ्यान भएकोले हो या किन हो मलाई फिल्म उत्कृष्ट लाग्यो। उनी भर्सटायल अभिनेत्री हुन् भन्ने कुरा प्रमाणित भएको छ। निर्देशकको मिहेेनत खेर गएको छैन। फिल्मको सुरूदेखि अन्तसम्म दर्शकलाई टक्क अड्याउन सक्नुनै सफल फिल्मको संद्या हो। जुन यसमा फिल्मको लागि सकारात्मक कुरा पनि हो। दिइएको कथावस्तु सेक्स सम्बन्धी भए पनि विद्याले न्याय र सन्तुलन गरेकी छिन्। फिल्म राम्रो हुन स्त्रि्कप्ट र क्यारेक्टर छनोटले पनि महŒवपूर्ण भूमिका खेल्छ भन्ने यसबाट बुझिन्छ।

0 comments:

Post a Comment