महानायकले ‘ऊ ल ला...’ हेर्ने !

महानायक राजेश हमालले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताबारे बनेको सिनेमा ‘डर्टी पिक्चर’ हेर्ने भएका छन् । ‘मैले जाने र बुझेसम्म सिल्क स्मिताको जीवनमा निकै राइज एन्ड फल्सहरू छन्’ सुटिङको टी व्रेकमा संवाददातासँग उनले भने, ‘रिलिज अघिदेखि नै मलाई यो सिनेमाले निकै प्रभावित तुल्याएको छ । फुर्सद निकालेर चाँडै चिरञ्जीविसँग फिल्म हेर्नेछु ।’ शनिबार ‘डर्टी पिक्चर’ हेरिसकेपछि सहयोगी चिरञ्जीविले महानायकलाई फिल्म हेर्नैपर्ने भनेर सुझाएका रहेछन् ।

‘डर्टी पिक्चर’ एउटा अभिनेत्री कसरी सफलताको उत्कर्षमा पुग्छिन् र जिरोमा झर्छिन् अनि मृत्युवरण गर्छिन् भन्ने कथामा आधारित छ । जहाँ सिल्क स्मिताको भूमिकामा विद्या बालनले अभिनय गरेकी छिन् । केही महिनापहिले वर्कसपको सिलसिलामा काठमाण्डू आएका बलिउड अभिनेता नसुरुद्दिन शाहले पनि त्यतिबेलै ‘डर्टी पिक्चर’ हेर्न हमाललाई सुझाएका थिए । तर, लगातारको सुटिङ दौडाहाले महानायकले फुर्सद निकाल्न सकिरहेका छैनन् । ‘प्रोमो र म्युजिक भिडियो हेर्दा पनि विद्याले बोल्ड एक्टिङ गरेकी रहिछन्’ हमालले भने ।

0 comments:

Post a Comment