‘दिल’को चर्चा अमेरीकासम्म

चलचित्र ‘पर्खिराख है’ बाट नेपाली सिनेमाको क्षेत्रमा प्रवेश गरेका नायक दिल श्रेष्ठ अहिले मख्ख छन् । उनले अभिनय तथा निर्माण गरेको यो सिनेमा अहिले देशभरका हलमा प्रदर्शन भईरहेको छ । तर, दिल मख्ख पर्नुको कारण यति मात्र होइन । उनले आफ्नो चर्चा अमेरिकासम्म भएको तब थाहा पाए, जब उनलाई एउटा अमेरिकाबाट एउटा एसएमएस आयो ।

एसएमएसमा लेखिएको थियो, ‘तपाईंको चर्चा यहाँका नेपालीले धेरै नै गर्दछन् । तपाईको यहाँ धेरै नै नाम छ, तपाईं अमेरिका
कहिले आउने चलचित्र लिएर ? यो एसएमएसले दिललाई अलम्मित बनायो । उनले हामीसँग कुरा गर्दै भने – ‘अमेरिकाबाट पनि मलाई राम्रो छ भन्दै एसएमएस आयो, पहिलो चलचित्रबाट नै यति धेरैले चिनेकोमा म खुशी छु । पहिलो सिनेमामा अभिनय गरेर धेरैले चिने यो नै मेरो सफलता हो ।’ दिलले अभिनय गरेको चलचित्र ‘पर्खिराख है’ ले अहिले देशभरका हलमा सन्तुष्टको व्यापार गरेको छ । तर, दिल भन्छन् -’मैले चलचित्रबाट पैसा भन्दा पनि आफुलाई चिनाउन खोजेको थियो, त्यसमा म सफल भएँ ।’ उनले ‘पर्खिराख है’ को सफलताले हौसिँदै अर्को नया सिनेमा पनि बनाउने बताए । ‘अब, नयाँ सिनेमा बनाउँछु, जसले नेपाली दर्शकलाई ठग्ने भन्दा पनि स्तरीयताको छनक दिओस्’ उनले भने ।

0 comments:

Post a Comment