नेपाली ‘डर्टी पिक्चर्स’ खेल्ने रहर छः ऋचा

बलिउडमा बनेको चर्चित फिल्म ‘डर्टी पिक्चर्स’ले नेपालमा समेत हलचल मच्चायो । अधिकांश नेपाली कलाकारले समेत यो सिनेमा हेरे । तर एकजना नायिकालाई भने यो सिनेमामा विद्या वालनले निर्वाह गरेको भूमिका निभाउने रहर जागेको छ । उनी हुन् नेपाली सिने क्षेत्रमा काली सुन्दरीको उपनाम पाएकी ऋचा घिसमरे । भर्खर मात्र गर्भवती भएको समाचार बाहिर आएको थियो उनको । उनै ऋचा अब आफूलाई केही भिन्न सिनेमामा अभिनय गर्न मन लागेको बताउँछिन् ।‘म डर्टी पिक्चर्स जस्तो सिनेमा खेल्न चाहन्छु’ केही फरक सिनेमा खेल्ने ईच्छा राखेकी ऋचाले भनिन् । अब सिनेमामा केही फरक र
गम्भीर भुमिका गर्ने रहर छ । केही समय अघि नेपाली सिने क्षेत्रबाट नै सन्यास लिएको खवरतर्फ इंकित गर्दै उनले भनिन् -’म यो कुराको पनि खण्डन गर्न चाहन्छु कि मैले कहिले पनि सन्यास लिएको छैन । म निरन्तर सिनेमा खेल्न चाहन्छु ।’ ऋचाले आफू आफ्नो ‘होम प्रोडक्शन’मा बनेका सिनेमा मात्र खेल्ने भन्ने कुराको समेत खण्डन गर्दै भनिन् -’म होम प्रोडक्शनको मात्र होईन बाहिरबाट कुनै सिनेमाको अफर आएपनि खेल्न तयार रहेको छु । जहाँबाट मलाई केही गम्भीर र फरक खालका भुमिकाको अफर आओस ।’
तर ऋचाले डर्टीर् पिक्चर्सको जस्तो भूमिका भने आमा बनिसकेपछि मात्र खेल्ने बताईन् । जे होस्, फरक खालको भूमिका गर्न रुचाउने ऋचाको यो चाहनालाई पनि मान्नैपर्दछ । हेरौं यस्तो किसिमको भूमिकामा उनलाई कसले अफर गर्ने हो । तस्विरः साइबरसंसार

0 comments:

Post a Comment