मलेसियामा 'गजलकार' बाबु


पछिल्लो समय लगालग लिड रोलमा देखा पर्दै आएका हिरो बाबु बोगटी 'मिस यू'मा भने 'गेष्ट अपिरिएन्स'को भूमिकामा देखा पर्दैछन् । बाबु सो चलचित्रका संगीतकार पनि हुन् । 'मिस यू'को अतिथि भूमिका सुटिङका लागि उनी बुधबार विहान मलेसिया उड्दैछन् । जहाँ उनी गजलकारका रुपमा नजर आउनेछन् । सुटिङबाहेक सेप्टेम्बर दोस्रो साता क्वालालाम्पुरमा बाबुले कन्सर्ट पनि दिनेछन् ।

सुटिङ सकेर उनी एकमहिनापछि स्वदेश फर्कनेछन् । 'मिस यू'को सुटिङको लागि यतिबेला निर्देशक सुरेशदर्पण, निर्माता तथा हिरो दीलिप र वरुण राणा, हिरोइन नम्रता तथा कोरियोग्राफर रेनेसा राई क्वलालाम्पुरमै छन् । चलचित्र 'बाटो मुनिको फूल'बाट नायकका रुपमा रजतपट डेब्यु गरेका बाबु अपकमिङ चलचित्र 'साथी मेरो'मा पनि हिरोका रुपमा देखा पर्दैछन् । सुरज सुब्बाको फिल्म 'सायद'मा बाबुले संगीत भर्दैछन् ।'गेष्ट एपिरिएन्सको सुटिङपछि मलेसियामा कन्सर्टको कार्यक्रम छ' मलेसिया उडानको पूर्वसन्ध्यामा गायक तथा मोडल समेत रहेका हिरोले भने 'म त्यहाँ गजलकारको रुपमा देखा पर्नेछु ।' उनले भर्खरै 'न बिसे्रं तिमीलाई न पाएँ तिमीलाई' फिल्म सकेका छन् ।

0 comments:

Post a Comment