ऋषिका दर्जन कमेडियन !

चर्चा र पब्लिसिटी अधिकांश निर्देशकको ध्येय बन्छ । अहिलेको प्रतिस्पर्धाको जमानामा त आफ्नो चलचित्रलाई भिन्न तुल्याउन निर्माणपक्षले पब्लिसिटीका जुनसुकै माध्यम अँगाल्छन् । निर्देशक ऋषि लामिछानेले पनि यसै गरे । फ्लोरमा काम भैरहेको चलचित्र 'श्रीमान-श्रीमती'मा उनले झन्डै एकदर्जन हाँस्यकलाकार समेटेर पृथकता दिने प्रयास गरेका छन् । यो चलचित्र 'कमेडी'प्रधान त होइन तर किन त्यत्राविधि कमेडियन जम्मा पारेका हुन् उनैले जानून ।
'किन कमेडियन समेटेको हुँ भने चलचित्र रिलिज भएपछि नै थाहा पाउनुहुन्छ' ऋषिले भने 'सरप्राइज दिन चाहन्छु ।' हिरो श्रीकृष्णलाई दोहोर भूमिकामा सेटमा उतारेका ऋषिले कमेडियन रहस्यलाई भने कहिले खोल्ने हुन् कुर्नुको उपाय छैन । मरिगए रहस्यको पोको खोलेनन् उनले । बरु भने 'अहिले नै भने त फिल्मको स्वाद नै मेटिन्छ नि बाबै ।' चलचित्रमा जितु नेपाल, राजाराम पौडेल, निर्मल शर्मा, मन्जु श्रेष्ठ, श्याम राई, रवि डंगोल, शिवहरि पौडेललगायत कमेडियन छन् ।

सातापछि यो फिल्मको सुटिङ सकिदैंछ । मंगलबारबाट संगीतको काम सुरु हुँदैछ । श्रीकृष्ण, श्वेता, मुकेश ढकाल र आफ्नै पत्नी सरिताले अभिनय गरेको चलचित्रका निर्देशक ऋषिले चलचित्रले अनेक पक्षमा सरप्राइज दिने दाबी गरे । मुनाल घिमिरे, लक्ष्मण पौडेल र प्रकाश घिमिरे निर्मित यो सिनेमाले श्रीमान-श्रीमतीबीचको मानवीय सम्बन्धलाई स्क्रिनमा उतार्ने जमर्को गरेको छ ।

0 comments:

Post a Comment