रेखा गाउँ फर्किन्


पोखराको बाग्लुङ बसपार्कमा मंगलबार अपराह्न निकै भीडभाड बढेको थियो, सवारी चढ्न नभएर 'खुसी' को सुटिङमा आएकी रेखा थापालाई हेर्न । युनिटलाई सुटिङको चाँजोपाँजो मिलाउन हम्मे पर्‍यो । 'खै, रेखा थापालाई हेर्नुपर्‍यो' भन्दै महिलाहरूसमेत ठेलाठेल गर्दै थिए ।गाडीभित्रको दृश्य लिन लागेकी नायिकालाई बाहिर निक्लनै मुस्किल भयो । गाडीभित्र गएर केही युवाहरू नायिकासँग तस्बिर लिन तँछाडमछाड गरेपछि उनी असिनपसिन भइन् ।निर्देशक ज्ञानेन्द्र देउजाले बाहिर निक्लन पटक-पटक आग्रह गर्दासमेत अटोग्राफ लिने र तस्बिर खिचाउन चाहनेहरूले टेरेनन् । चलचित्र युनिटका कर्मचारीले बाहिर निकालेपछि बल्ल निर्देशकलाई होलो भयो । 'यति विधि दर्शकले घेर्दा त म नर्भस भएँ,'रेखाले भनिन् । भीडले घेरेपछि सुटिङ नभएका बेला पनि उनलाई गाडीभित्रै राखियो ।

उद्धव पौडेलेको लगानी रहेको 'खुसी' मा रेखा खुसीकै भूमिकामा छिन्, चुलबुले । उनी सहरमा प्लस टु सकेर बसबाट गाउँ फर्किंदै गरेको दृश्यको सुटिङ भइरहेको थियो । 'यही दृश्यबाट सिनेमामा मेरो प्रवेश हुन्छ,' नायिकाले सुनाइन्, 'निकै चटपटे युवतीको भूमिकामा देखिएकी छु । सधंै खुसी रहने म कसैको मायामा परेपछि सिनेमाको अन्त्यतिर दुःखी र पीडित हुन्छु ।' बाबुआमाले स्वतन्त्रता दिँदा छोरीले बेहोर्नुपरेका सहज-असहज अवस्था उनको पात्रले निर्वाह गर्नेछ ।मान्छेको जीवनमा खुसी मात्रै हैन, दुःख पनि हुन्छ भन्ने यथार्थ बोकेको चलचित्रले प्रेमको त्रिकोणात्मक सम्बन्धलाई देखाउन खोजेको निर्देशक देउजाले बताए । उनले गाउँबाट सहर पसेपछि युवतीहरूमा आउने परिवर्तनसमेत चलचित्रले बोकेको जानकारी दिए ।पोखरा आसपासमा मंगलबारदेखि छायांकन भइरहेको 'खुसी' मा सुमन सिंह, आयुष रिजाल, विजय देउजा, गणेश उप्रेतीलगायतले पनि अभिनय गरेका छन् ।

0 comments:

Post a Comment