फोन उठाउने फुर्सद छैन दिपकलाई

माफ गर्नु होला तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले ब्यस्त छ, केही सेकेण्ड घण्टी बजेपछी निर्देशक दिपक श्रेष्ठको मोबाइलमा दुरसंचार कम्पनीकी युवतीले फर्काउने जवाफ हो त्यो ।
आफ्नो होम प्रोडक्सनमा पहिलो पटक चलचित्र 'हिम्मत २'निर्माण गरेका निर्देशक श्रेष्ठ हिजो आज निकै व्यस्त हुन थालेका छन् । भदौ २५ गते शुक्रबार देखि उपत्याका बाहिरका १३ वटा स्टेशनबाट एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र हिम्मत २ प्रोमोशनका लागि उनी निकै बेफुर्सदिला भएका छन् ।पटक-पटकको प्रयासपछी "फोनमा कुरा गर्न मिल्ने भए भन्नुस तर भेट्नका लागि म अर्समर्थ छु" भन्ने जवाफ दिदै उनले फोनबाटै आफु व्यस्त रहेको संकेत उनले देखाउने गरेका छन् । रेखा थापाको चलचित्र "हिम्मत" बाट सिक्वेल चलचित्र "हिम्मत २" बनाएका दिपक आफ्नो चलचित्रलाई तीजको उपहार भन्ने गर्दछन् ।तीजमा दिदी बहिनीलाई आफ्नो फिल्मसंगै रूमाल उपहार दिन लागेको उनले बताएका छन् । यध्यपी फिल्म प्रोमोसनका लागि रूमाल बाडने त्यो चलन नयाँ भने हैन । चलचित्रमा आफैले डेब्यू गराएका नायिका युना उप्रेती र वीरज भट्ट दोहोरो भूमिकामा रहेका छन् ।

0 comments:

Post a Comment