सात्तो गयो अरूणिमाको


निडर नायिका भनेर चिनिएकी अरूणिमा लम्साल आईतबार निकै डरको मुद्रामा थिइन् । अनुहार पनि रातो रातो, मुटु पनि धेरै नै ढुकढुक भएको जस्तो गरी डर मानी रहेकी थिइन उनी । बाइकबाट हत्तपत्त ओर्लिन अनि गाली गर्न थालिन बाईक चालकलाई । प्रसङ्ग हो चलचित्र मेरो राजेश दाईको सुटिङको तर घटना भने फिल्मको हैन, यो वास्तविक हो ।कुरा के हो भने नायक शितल केसीसंग बाईकमा सट दिइरहेको अवस्थामा केसीले बाईकलाई राम्ररी चलाउन नजान्दा उनीहरू चढेको बाईक झण्डै दुर्घटना भएको थियो ।
ललितपुर भैसीपाटी स्थित टाउन प्लानिङमा ४२ औ सट दिइरहेकी नायिका लम्साल शितल सहित एक पटक हैन दुई-दुई पटक दुर्घटना हुनबाट बचिन ।मोबाईलमा कुरा गर्दै बाईक चलाउनु पर्ने एक सटमा शितलले कन्ट्रोल गर्न नसक्दा लम्साल झाडीमा झोक्किन पुगेकी थिइन् भने बाटोको एक मोडको अर्को सटमा शितलले फेरी नियन्त्रण गुमाउदा बाईक पुन ठूलो दुर्घटनाको मुखमा पुगेको थियो ।सो घटनापछी सात्तो गएको भन्दै उनले सट दिन पनि आनाकानी गरिन । अरूणिमाको आखामा डर देखेपछी क्यामेरा म्यान कृष्ण श्रेष्ठले अरूणिमाको ठाउँमा अर्को युवतीलाई सलले मुख छोपेर सट दिने प्रस्ताव गरेपनि निर्देशक ऋषि न्यौपानेले सो प्रस्ताव नमाने पछि अरूणिमाले पुन: त्यही सट दिनु परेको थियो ।

0 comments:

Post a Comment