पूजना अब निर्मात्री


हिरोइनहरु धमाधम निर्मात्री बन्ने क्रम बढ्दै छ । यसबाट हिरोइन पूजना स्त्री (प्रधान) पनि टाढा रहिनन् । थुप्रै चलचित्रमा अभिनय गरिसकेकी पूजना अब निर्मात्री बन्दैछिन् । तर उनी निर्मात्री हुन अझै दुई वर्ष लाग्छ । तिहारसम्म कुनै चलचित्रमा व्यस्त नहुने भएपछि पूजना यतिबेला आफूले निर्माण गर्ने चलचित्रको स्क्रिप्टमा ब्यस्त छिन् । जयसंगत आश्रममै उनले स्क्रिप्ट लेखिरहेकी छिन् ।

'आफूले चाहेको र सोचेजस्तो चलचित्र बनाउन लागेकी हुँ' पूजना भन्छिन् 'प्राविधिक, कथानकजस्ता अहिलेका चलचित्रमा रहेका कमजोरीलाई सुधारेर समाजमा चेतना फैलाउने खालको चलचित्र बनाउँछु ।' उनले लेखिरहेको स्क्रिप्टमा लभस्टोरी र अध्यात्मको फ्युजन छ । 'सबै विशेषताहरुलाई मिसाएकी छु' उनी भन्छिन् 'कथाले मागेअनुसार आफूले अभिनय गर्न पनि सक्छु नत्र अरुलाई नै गर्न लगाउँछु ।' एउटै ट्रेन्डमा बनिरहेका नेपाली चलचित्रप्रति उनलाई चित्त बुझेको छैन ।

पूजनाले रहस्यका धेरै पाटाहरु खोलिन् । निर्मात्री बन्ने कुरा पनि उनको चाहना रहेछ । भन्छिन् 'मैले धेरै कुराहरु गर्दैछु । ती सबै कुराहरु एकएक गरेर फ्यानहरुसामु ल्याउनेछु ।' यतिबेला उनले आफूले फिल्म बनाउने कुरा ल्याइन भने अर्कोपटक के ल्याउने हुन् अनुमानको विषय बनेको छ । जे होस पूजना अध्यात्म र अभिनयलाई सँगै अघि बढाउन चाहन्छिन् ।

0 comments:

Post a Comment