उकेश छन् बेखुशि


चलचित्र 'पलपलमा'का निर्माता/निर्देशक उकेश दाहाल यतिबेला केही बेखुशि छन् । बेखुशि यस कारण कि होम प्रोडक्सनको चलचित्र रिलिज हुन तीनदिन बाँकी छँदा उनले स्टारर सँगै पब्लिसिटी गर्न पाएनन् । चलचित्रका चारै कलाकार यतिबेला सम्पर्कविहिन र मुलुकबाहिर छन् । सोही कारण हुनुपर्छ उनी फिल्मको पि्रमियर नगरिकन सोझै रिलिजको निधोमा पुगेका छन् ।

'मुख्य कलाकारहरु नै नभएपछि सीधै रिलिजको निधोमा पुगेको छु' उकेशले भने । हिरो रमित ढुँगाना ६ महिनादेखि सपरिवार अमेरिकामा छन् । अर्का हिरो दीलिप रायमाझी यतिबेला आफैले निर्माण गर्न लागिरहेको चलचित्र 'मिस यु'को सुटिङका क्रममा मलेसियामा छन् । हिरोइन उषा पौडेल दुईमहिनादेखि मुम्बइमा छिन् । भने अर्की हिरोइन सुजाता सिटौलासँग उकेशको भेट नभएको ६ महिनाभन्दा बढि भैसक्यो । उकेशका अनुसार सुजाता सम्पर्कविहिन छिन् । यसअघि नै सुजाताले आवश्यकताभन्दा बढि प्रचारप्रसार गरिएको भन्दै चलचित्रप्रति आपत्ति जनाइसकेकी छिन् ।

सेन्सर बोर्डले चलचित्रलाई 'यू/ए' सर्टिफिकेट दिएपछि यसले निकै चर्चा पाएको थियो । यतिबेला 'पलपलमा'को व्यवसायिक होर्डिङबोर्डहरु मुख्य-मुख्य सहरमा देख्न सकिन्छ । अर्कोतिर यही शुक्रवार रिलिज हुने अर्को चलचित्र 'दीपशिखा'को प्रमोसनमा स्वयम हिरो जीवन लुइँटेल र हिरोइन अरुणिमा लम्साल जुटिरहेका छन् । भने निर्माता/निर्देशक नरेश पौड्याल प्रीमियर समारोहको निम्तो टेक्स्ट म्यासेजमार्फत बाँडिरहेका छन् ।

0 comments:

Post a Comment