आइटम डान्समा रोक


चलचित्रमा कैंची चलाउने काम सेन्सर बोर्डको हो । तर, राज्य मातहतको टेलिभिजन एनटीभीले चलचित्रमा कैंची चलाएर सेन्सर बोर्डलाई चुनौति दिएको छ । भयो के भने नेपाल टेलिभिजनले अपकमिङ चलचित्र 'गुरुदक्षिणा'को आइटम डान्स अश्लिल भएको भन्दै प्रसारणमा रोक लगाइदिएको छ । सेन्सर बोर्डले उक्त गीत अश्लिल नभएको भन्दै यसअघि नै जाँचपास गरिसकेको थियो ।

कार्यक्रम 'झन्कार'मा 'गुरुदक्षिणा'को आइटम 'रफ्ता रफ्ता' बोलको गीत केही दिन प्रसारण भैसकेपनि हिजोभने प्रसारण नगर्न निर्माता सुवास रेग्मीलाई निर्देशन दिइएको थियो । हिरोइन ऋचा घिमिरले उक्त आइटम गीतमा नृत्य गरेकी छिन् । दीपा झाको संगीत र राममणी सुवेदीको शब्द रहेको गीतमा मौली दीपानारायण र आनन्दराज आनन्दको स्वर छ ।चलचित्रमा राजेश हमाल, राजवल्लभ कोइराला, सन्चिता लुइँटेल, रमित ढुंगाना, सुष्मा कार्कीलगायतले अभिनय गरेका छन् । तुलसी घिमिरेको 'देश'पछि यो चलचित्र रिलिज हुँदैछ । रामराजा दाहाल निर्देशित यो चलचित्रको निर्माण प्रकाश सुवेदी तथा प्रकाश पौडेलले गरेका हुन् ।

0 comments:

Post a Comment