
अहिले यि निर्माता निकै टेन्सनमा छन् कारण चलचित्रका निर्देशक सुरेशदर्पण र नायक निखिल उप्रेती बिदेशमा छन् भने नायिका मेलिना मानन्धर दुई जीउकी भएर घरमा बसेकी छिन् । त्यसैगरी अर्की नायिका नन्दिता केसी चलचित्र 'मालतीको भट्टी' को छायाँकनमा व्यस्त छिन् । चलचित्रको प्रदर्शन मिती नजिकिंदै जाँदा आफ्नो टिमका सदस्य कोही नभएपछि आफूलाई चलचित्रको पब्लिसिटी गर्न निकै गार्हो भएको निर्माता सुरज बताउँछन् । चलचित्रमा निखिल उप्रेती, सुरज आरडी, मेलिना मानन्धर, नन्दिता केसी, सञ्जु परियार, गणेश उप्रेती, सुनीलदत्त पाण्डेलगायतका कलाकारहरूले अभिनय गरेका छन् । एनबी महर्जनको द्वन्द, हरी हुमागाईंको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको यस चलचित्रको अधिकांश भागको छायाँकन पोखरमा गरिएको छ ।
0 comments:
Post a Comment