शुक्रबार तीन स्टारपावरको भिडन्त

आउँदो शुक्रबार नेपाली सिनेमा तीन नयाँ चलचित्र भिडन्तको साक्षी बन्नेछ । नेपाली सिनेमाका तीन स्टारपावरहरु एकआपसमा प्रतिष्ठाका लागि भिड्नेछन् । राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल स्टारर तीन सिनेमा नेपाली थिएटरका पर्दाहरुमा एकसाथ छाउनेछन् । अर्थात राजेश हमालको 'हाता लाग्यो शुन्य', रेखा थापाको 'सन्देश' र आर्यन सिग्देलको 'के यो माया हो' ।विश्लेषकहरुले तीनै सिनेमाको ब्यावसायिक लडाइँ महगो हुने आंकलन गरिसकेका छन् । सुदर्शन थापाले निर्देशन गरेको 'के यो माया हो' देशब्यापी, विजयविक्रम बस्नेत निर्देशित 'हाता लाग्यो शुन्य' मोफसल र प्रमोद भण्डारी निर्देशित 'सन्देश' देशब्यापी एकसाथ रिलिज हुँदैछन् । 'हाता लाग्यो शुन्य' र 'के यो माया हो'लाई डीसीएनको सर्भरमार्फत पनि प्रदर्शन गरिनेछ भने 'सन्देश' क्यू च्यानलमार्फत प्रदर्शन हुनेछ ।'के यो माया हो' लिभिङ टुगेदरको कथामा आधारित छ । कमेडी, तरकारीको भिडन्त र राजेश हमालको बेली डान्स 'हाता लाग्यो शुन्य'को आकर्षक पक्ष हो । रेखा थापाको एक्सन 'सन्देश'को दर्शक तान्ने पक्ष हुनेछ । 'हाता लाग्यो शुन्य' र 'के यो माया हो' कमेडी र सोसल ड्रामा श्रेणीमा निर्मित छन् भने 'सन्देश' एक्सन र फेन्टासी श्रेणीमा । शुक्रबार बलिउडमा ठूलो ब्यानरको सिनेमा रिलिज नहुने भएकाले यी तीन नेपाली सिनेमालाई प्रतिस्पर्धाको स्वतन्त्रता भने हुनेछ ।

0 comments:

Post a Comment