तीन सुपरस्टारको लडाईं

नेपाली चलचित्र क्षेत्रमा आ-आफ्नै तरिकाले सुपरस्टार मानिएका तीन नायक राजेश हमाल, बिराज भट्ट र आर्यन सिक्देल अभिनित चलचित्र शुक्रबार एकआपसमा भिड्दै छन् । राजेश हमाल अभिनित चलचित्र हात लाग्यो शून्य, बिराज भट्ट अभिनित चलचित्र सन्देश र आर्यन सिक्देल अभिनित चलचित्र के यो माया हो एकै दिन रिलिज हुँदैछन् ।सिमित बजारमा एकैदिन धेरै चलचित्र रिलिज हुँदा त्यसले व्यापारमा असर पक्कै गर्दछ । यसै त चलचित्रले रामो व्यापार गर्न सकिरहेको छैन त्यसैमाथी यसरी तीन सुपर स्टारका चलचित्र एकआपसमा भिड्दा यसको असर निर्माता तथा कलाकारलाई मात्र हैन सिंगो चलचित्र उधोगलाई नै पर्दछ । यसरी चलचित्र नजुध्नुको विकल्प पनि छैन । किनकी बर्षेनी दर्जनौं चलचित्र बनिरहेका हुन्छ र हप्तै पिच्छे २ भन्दा बढि चलचित्र रिलिज हुन बाध्य छन् ।
शुक्रबार सार्वजनिक हुन लागेका तीन चलचित्र 'हात लाग्यो शून्य', 'सन्देश' र 'के यो माया हो' ले आ-आफ्नै बिशेषता बोकेका छन् । युवानिर्देशक बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' राजेश हमालको नयाँ गेटअपले निकै चर्चामा छ । नेपाली चलचित्र क्षेत्रका महानायक मानिने हमालको यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्नेमा चलचित्रकर्मी बिश्वस्त छन् । यो चलचित्र पूर्ण रूपमा हाँस्य प्रधान रहेको निर्देशक बस्नेतको भनाई छ । बिश्व नेपालले निर्माण गरेको यस चलचित्रमा हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र हात लाग्यो शून्य' मोफसलका हलहरूमा मात्र लाग्ने छ ।यसैगरी प्रमोद भण्डारी निर्देशित चलचित्र 'सन्देश' बिराज भट्टको एक्सन प्रधान चलचित्र हो । एक्सन चलचित्र रूचाउने दर्शकलाई पनि यो चलचित्रले हलसम्म तान्ने कुरामा निर्देशक भण्डारी निकै बिश्वस्त छन् । यस चलचित्रमा चलचित्र क्षेत्रमा नम्बर वान नायिकाको छबि बनाएकी नायिका रेखा थापाको पनि प्रमुख भुमिका रहेको छ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको यो चलचित्र भने काठमाण्डौ उपत्यकामा मात्र लाग्दैछ । रामबी नेपालीले निर्माण गरेको चलचित्र 'सन्देश' बाट नै नायिका सोभिता सिंखडाले डेब्यू गरेकी हुन् । दुई बर्ष अगाडी सम्पन्न केटिभी अवार्डमा यसै चलचित्रबाट सोभिताले नव अभिनेत्रीको अवार्ड पाएकी थिईन् भने रेजिना उप्रेतीले सह-अभिनेत्री र रामजी नेपालीले कथामा अवार्ड हात पारेका थिए ।यता मेरो एउटा साथी छ चलचित्र निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' को छुट्टै बिशेषता छ । पछिल्लो समयमा निकै चर्चामा रहेका नायक आर्यन सिक्देलको प्रमुख अभिनय हुनु, बिग सिनेमा हलमा यो चलचित्र प्रदर्शन हुनु र लिभ इन टुगेदरको कथालाई मुख्य बिषय बनाईनुले पनि यो चलचित्रबाट उधोगले नै ठूलो आश राखेको छ । बिशेष गरि यो चलचित्र युवा वर्गमा केन्द्रित रहेको छ । आर्यन सिग्देल, सुष्मा कार्की, सौगात मल्ल र अरुणिमा लम्सालको प्रमुख अभिनय रहेको यस चलचित्रलाई सुरेश पहारी, गौरव हिराचन र शंकर गुरूङले निर्माण गरेका हुन् ।

0 comments:

Post a Comment