पाँच अभिनेत्रीसँग सुन-संवाद


१. सुनको भाउ तोलाको साढे ४९ हजार पुगेको सुन्दा तपाईलाई कस्तो लाग्यो?
सञ्चिता लुइँटेल : यो त अत्याचार नै हो। चाडपर्व सुरु हुने बेलामा अचाक्ली महँगो भएको छ। सुनको लक्ष्मी बनाउने रहर अहिले पूरा नहुने भएको छ।
नम्रता श्रेष्ठ : कुनै पनि सामानको मूल्य बढ्नु ठिक होइन। सुन नभई नहुनेलाई यसले अप्ठेरो पार्छ।
निशा अधिकारी : आफूले बिहे गर्न लागेको भए वा आमालाई सुनको केही उपहार दिनु परेको भए निकै गाह्रो हुन्थ्यो होला। त्यस्तो केही नभएकोले मलाई खासै चासो छैन।
अरूणिमा लम्साल : पहिले नै केही जोडेर राखेको हुँदा खुसी लागेको छ। अहिलेको भाउमा बिक्री गर्दा राम्रै फाइदा हुने भएको छ।
२.तपाई सुनको के लगाउनु हुन्छ?
सञ्चिताः सिक्री र औठी लगाउँछु।
नम्रताः म सुनको पारखी होइन। तैपनि ग्रहदशाको कारण आमाको करले दुइटा आँैठी लगाएकी छु। सुनको अरु केही छैन।
निशाः आमाले दिनुभएको 'गुडलक'को औँठीमात्र लगाउँछु।
अरूणिमा : म सुन पाएसम्म लगाउँछु। औँठी, सिक्री, ब्रासलेट र बाला।
३. गहना लगाउन सुनको विकल्प के हुनसक्ला?
सञ्चिता : नक्कली सुन पनि छ। सेतो सुनको माग पनि धेरैले गर्ने हुँदा सुन नै लगाउनुपर्छ भन्ने छैन। तीज नजिँकिदै छ। सुन लगाएर हिँड्दा ज्यानमाथि आक्रमण नहोला भन्न सकिन्न। गएको तीजमा मेरो घरबाट झन्डै १९ लाखको सरसामान चोरी भएको थियो। त्यसमा सुनकै गरगहना बढी थिए।
नम्रता : प्लाटिनको सिक्री र सेतो सुन प्रयोग गर्दा राम्रो हुन्छ।
निशा : चाँदी र सेतो सुन राम्रो विकल्प हो।
अरूणिमा : म चाहिँ चाँदीलाई छनोट गर्छु।
४.'ल्हासामा सुन छ कान मेरो बुच्चै' उखान अहिले पनि सान्दर्भिक छ?
सञ्चिता : नयाँ पुस्तामा सुनप्रतिको रुचि कमै देखिन्छ। त्यसैले यो उखान सान्दर्भिक नहोला कि।
नम्रता : कहिलेकाहीँ पारिवारिक जमघटमा मात्र प्रयोग हुन्छ। यो सान्दर्भिक छैन।
निशा : पैसा छ भने सहरमा जहाँ गए पनि किन्न सकिन्छ नि। ल्हासा पुग्नु पर्दैन।
अरूणिमा : महँगो छ। त्यसैले जोकोहीलाई सुन लगाउन सजिलो छैन। उखान सान्दर्भिक नै छ।

५. सुन किन महँगो भएको होला?
सञ्चिता : चाडपर्वको कारणले माग बढ्दा अन्यको तुलनामा महँगो भएको हो कि।
नम्रता : धेरैको रोजाइ नै सुन भएर हुन सक्छ।
निशा : माग बढी तर पाउन गाह्रो भएकोले महँगो भएको हो।
अरूणिमा : यसको उत्पादन पनि कम र डलरसँग समायोजन हुने हुनाले महँगो भएको हो।

६. मान्छेको स्तर सुनको गहनाले निर्धारण गर्छ?
सञ्चिता : बिल्कुलै गर्दैन। कतिपय समुदायले सांस्कृतिक रूपमा नै सुन लगाउँलान् तर सहरमा बस्नेले सुन खासै लगाउँदैन पनि।
नम्रता : मान्छेको स्तर र सुन अलग कुरा हुन्। कसैलाई नभई हुँदैन। कसैले भए पनि लगाउँदैन।
निशा : गर्दैन। तर कुनैकुनै ठाउँ वा समारोहमा शोभनीय नै हुन्छ होला।
अरूणिमा : सबै धनी मान्छेले सुन लगाउँदैन। त्यसैले सुनलाई मान्छेको स्तर मान्न मिल्दैन।

0 comments:

Post a Comment