'दर्पण छायाँ'को सिक्वेल 'मिस यू'

नायक दिलिप रायमाझीको प्रस्तुती रहेको चलचित्र 'मिस यू' सफल चलचित्र 'दर्पण छायाँ'को सिक्वेल भएको खुलासा भएको छ । जानकारीमा आए अनुसार नायक दिलिप रायमाझीले आफ्नो पहिलो चलचित्रको सिक्वेलको रुपमा चलचित्र 'मिस यू' बनाएका हुन् ।श्रवण घिमिरेको निर्माणमा आफैले अभिनय गरेको अत्याधिक सफल चलचित्र 'दर्पण छायाँ'लाई पछ्याउँदै रायमाझीले आँफैले चलचित्र बनाएर नेपाली चलचित्र उद्योगमा अर्को सफल चलचित्र भित्राउने प्रयास गरेका छन् ।'दर्पण छायाँ' सफल हुँदाको परिस्थिति र अहिलेको समाज मेल नखाने भएतापनि बिषयवस्तुलाई आधुनिकिकरण गरेर सिक्वेलको रुपमा शुरेस दर्पण पोखरेलको निर्देशनमा 'मिस यू' निर्माण भएको बताईएको छ ।तुलसी घिमिरेको निर्देशन रहेको 'दर्पण छायाँ' मार्फत नै नायक रायमाझीले चलचित्रमा प्रवेश गरेका थिए ।दिलिप रायमाझीका अलावा उत्तम प्रधान,निरुता सिंह लगाएतका कलाकारहरुले 'दर्पण छायाँ'मा अभिनय गरेका थिए । कलेज लाईफको बारेका निर्मित 'दर्पण छायाँ'मा अभिनय गरेकी निरुता सिंहको स्थानमा नम्रता श्रेष्ठ र उत्तम प्रधानको स्थानमा नव-नायक बरुण राणाले अभिनय गरेका छन् भने दिलिप रायमाझी आफैले 'मिस यू'मा पनि सो भुमिकालाई निरन्तरता दिएका छन् ।सोमबार मात्र डबिंग सकिएको 'मिस यू' आगामी सेप्टेम्बरदेखि युरोपेली देशहरुमा प्रदर्शन हुँदैछ ।बेल्जियममा रेड कार्पेट गरिने यस चलचित्रलाई युरोपेलि तथा खाडी गरी २५ भन्दा बढी मुलुकमा प्रदर्शनमा आउने भएको छ ।तिहार आसपासमा नेपालका हलहरुमा प्रदर्शन हुने 'मिस यू'को दुई हप्ता पछाडी अडियो विमोचन गरिदैछ ।राजु बिक्रम थापा र धिरज जंग शाह छायाँकार रहेको 'मिस यू'को असि प्रतिशत छायांकन मलेशियाको क्वालालम्पुर, पेमांग लगाएतका स्थानहरुमा र बाँकी काठमाण्डौमा गरिएको छ । बाबु बोगटी तथा किचमान चित्रकारको संगीत रहेको यो चलचित्र नायिका नम्रता श्रेष्ठको तेश्रो चलचित्र हो ।मोडलिंग बाट चलचित्रमा प्रवेश गरेकी नम्रताले 'सानो संसार' तथा 'मेरो एउटा साथी छ'मा मूख्य भुमिकामा अभिनय गरेकी छिन् । यि दुवै चलचित्र पछिल्लो पुस्ताका लोकप्रिय चलचित्रहरु हुन् ।'मिस यू'बाट नै डेब्यू गर्दै गरेका नव-नायक बरुण राणा पनि मोडलिंग बाट चलचित्रमा प्रवेश गरेका हुन् ।अत्याधिक सफल चलचित्रको सिक्वेलमा हात हालेका दिलिपले पक्कै पनि'दर्पण छायाँ'मा आफूले गरेको जिवन्त अभिनय बिर्सेका छैनन् ।'मिस यू'प्रदर्शन नभएसम्मका लागी चलचित्रबाट बिश्राम लिएका रायमाझीको लगानीलाई नेपाली चलचित्र उद्योगमा महत्वका साथ हेरिएको छ । निर्देशक शुरेस दर्पण पोखरेलले अग्रज निर्दैशक तुलसी घिमिरेसँग टक्कर लिन खोजेका छन् ।घिमिरे निर्देशित सफल चलचित्र 'दर्पण छायाँ'को सिक्वेललाई निर्देशन गर्नु उनका लागी निकै चुनौतीपूर्ण काम भएतापनि वर्तमान समयमा युवा पुस्ताका लोकप्रिय निर्देशक हुन् ।'निशाना','कस्लाई दिउँ यो जोबन'जस्ता चलचित्र निर्देशन गरेका पोखरेलले 'मिस यू'लाई कत्तिको न्याय गरेका छन्, त्यो भने पछि नै थाहा हुनेछ ।

0 comments:

Post a Comment