
लामो समय देखि चलचित्रको बितरण गर्दै आएका बितरक सुनिल मानन्धर भन्छन्, 'नेपाली चलचित्र चल्दैन भन्ने मान्यतालाई यस चलचित्रको रिपोर्टले देखाएको छ ।' यता चलचित्र लेखक तथा निर्देशक बिकाश आचार्य नेपाली चलचित्रले यस्तो उत्साहजनक व्यापार गर्नु उधोगकै लागि खुसीको कुरा भएको बताए । उनी भन्छन्, 'यसरी नै दर्शकहरू नेपाली चलचित्र हेर्न थाल्ने हो भने उधोगको विकास हुन धेरै समय लाग्दैन ।' बिकास जस्तै अन्य निर्माता निर्देशकहरू पनि के यो माया होको व्यापारबाट खुसी छन् । पत्रकार शान्ति प्रिय भन्छन्, 'नेपाली चलचित्र चल्नु हाम्रो लागि खुसीको कुरा हो ।'सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' अहिले देशभरका अधिकांश हलहरूमा प्रदर्शन भईरहेको छ । चलचित्रले राम्रो व्यापार गरेको देखेर निर्देशक थापा दंग छन् । यति मात्र हैन चलचित्रका निर्माताहरू पनि खुसी छन् ।आर्यन सिक्देल, शुष्मा कार्की, अरूणिमा लम्साल र सौगात मल्लको मुख्य अभिनय गरेको चलचित्र 'के यो माया हो' प्रेमकथामा अधारित छ । शहरमा मौलाउँदै गएको लिभ इन टुगेदरको कथालाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको सो चलचित्रको गीतसंगित पनि अहिले चर्चामा नै छन् ।
0 comments:
Post a Comment