सपनाहरूका लागी 'सपना' नि:शुल्क

म तिम्रै यादमा हराउँछु सपना
म तिमीलाई मन पराउँछु सपना…
चलचित्र सपनाको यो गीतमा भने सपना नाम गरेकी नायिकाको यादमा नायक हराएको कथा बुनिएको छ । तर वास्तविक जीवनमै यसका निर्देशक प्रदिप श्रेष्ठ भने सपनाको यादमा हराउन थालेका छन् । श्रेष्ठ अहिले सपनालाई भेट्न आतुर छन् । त्यसैले उनले सपनालाई भेट्ने एउटा काइदा रचेका छन् ।
अँ तपाईको नाम के हो ? तपाईको नाम सपना हो भने त राम्रै भयो हैन भने नाम फेरेर भए पनि सपना नामको परिचय पत्र बनाई हाल्नुस है । यसको पनि फाइदा छ । यदि तपाईले सपना नामको परिचय पत्र बोक्नु भयो भने तपाईले चलचित्र 'सपना' नि:शुल्क हेर्न पाउनु हुन्छ । भदौ पहिलो साता रिलिज हुन लागेको चलचित्र सपनाका निर्देशक प्रदिप श्रेष्ठले सपना नाम गरेका ब्यक्तिलाई नि:शुल्क चलचित्र हेर्न दिने घोषणा गरेका छन् ।निर्देशक श्रेष्ठले चलचित्र चल्दाको दिनबाट एक साता सम्म देशभरका जुनसुकै हलहरुमा सपना नाम गरेका ब्यक्तिले परिचय पत्रको फोटोकपी बुझाए नि:शुल्क चलचित्र हेर्न पाउने जनाएका छन् । चलचित्र प्रर्दशनको मिती नजिकिदै गर्दा निर्देशकले यस्तो घोषणा गरेका हुन् । उनले चलचित्रमा सपना नामको गलत प्रयोग गरीएको छैन भन्ने देखाउन पनि यस्तो निर्णय गरेको जनाए । यसका अलावा आफ्नो नाम माथि बनेको चलचित्र हेरेर सपनाहरुले गौरव गर्न सकुन् भन्ने उद्धेश्य रहेको निर्देशक श्रेष्ठले बताए ।बसन्त कुमार श्रेष्ठ र हरि बरालले मिलेर निर्माण गरेको चलचित्र 'सपना' मा राजेश हमाल, नन्दिता केसी, आर्यन सिग्देल, अर्जुन कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

0 comments:

Post a Comment