अमिताभसँग निखिल उप्रेतीले फिल्म खेल्ने

निखिल उप्रेतीको बलिउड गाइँगुइँ अन्ततः यथार्थ बनेको छ । शनिबार नेपाल आउनुअघि एक्सन अभिनेता मुलधारको एक बलिउड प्रोजेक्टमा अनुबन्धित भएका छन् । जहाँ उनी बलिउड महानायक अमिताभ बच्चनसँग एकसाथ देखापर्नेछन् । वर्किङ टाइटलमा काम भैरहेको सिनेमामा निखिल अमिताभको को-एक्टर्स बन्नेछन् । ‘निर्देशक र प्रोजेक्टको नाम चाँडै थाहा पाउनुहुनेछ’ सुत्केरी पत्नी सन्चिताको स्याहारमा खटेका हिरोले मेरोसिनेमासँग भने ।डिसेम्बरबाट सुटिङ सुरु हुने चलचित्रका लागि निखिल केही सातापछि सुत्केरी पत्नी सन्चितालाई लिएर मुम्बइ उड्दैछन् । बलिउडमा स्थापित हुन निखिल भारत पलायनसँगै संघर्षरत थिए । अमिताभ स्टारर उक्त सिनेमा गर्नुअघि निखिल सुमन दाहालले निर्देशन गर्ने चलचित्र ‘यो मन’का लागि आगामी भदौ १६ मा बैंकक उड्नेछन् । लगत्तै उनी उक्त भारतीय सिनेमाको काममा जुट्नेछन् ।यतिबेला निखिलसँग चार नेपाली सिनेमा पाइपलाइनमा छन् । सुमन दाहालको दोस्रो प्रोजेक्टसहितका अन्य दुई चलचित्रमा पनि निखिलले साइन गरिसकेका छन् । निखिलको कमब्याक पक्का भएपनि सुत्केरी अभिनेत्री पत्नी सन्चिताको कमब्याक चाँडो नहुने भएको छ । उनी केहीवर्ष पुत्र स्याहारमा जुट्नेछिन् । स्रोतका अनुसार स्थायीरुपमा नेपाल फर्किएर निखिल चलचित्र निर्माण गर्ने योजनामा छन् । तर, परिस्थिती यतिबेला उनको पक्षमा छैन यद्यपी उनी विचलित चाहिँ भैसकेका छैनन् ।

0 comments:

Post a Comment