'बाटो मुनिको फूल' पछि 'बितेका पल'

चलचित्र 'बाटो मुनिको फूल' निर्माण गरेका निर्माता राजेश घतानीले सोही चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर अर्को चलचित्र निर्माण गर्दैछन् । कुमार लिम्बु र कृष रिजालको समेत लगानी रहने सो चलचित्रको नाम 'बितेका पल' राखिएको छ ।सत्य घटनामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको बुधबार नक्साल स्थित भर्जिन रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ शुरू गरियो । चलचित्रको पहिलो गीत रेकर्डिङ गर्ने काम शिब परियारले गरे । राजेश घतानीको गीत तथा बाबु बोगटी र डम्बर नेपालीको संगीत रहने सो चलचित्रमा ४ वटा गीत समावेश गरिंदै छ । जसमा दुई गीतमा बाबु बोगटी र बाँकि दुई गीतमा डम्बर नेपालीले संगीत भरेका छन् । तीन वटा पप तथा आधुनिक गितीसंग्रह निकाली सकेका गायक तथा संगीतकार डम्बर नेपालीले चलचित्रमा भने पहिलो पटक संगीत दिंदैछन् ।दशैं र तिहारको बिचमा थाईल्यैण्डबाट सुटिङ प्रारम्भ गरिने सो चलचित्रमा बाबु बोगटीले मुख्य पात्रको भुमिका निर्वाह गर्दैछन् । निर्माता घतानीकै कथामा निर्देशक सुब्बाको लेखन रहेको सो चलचित्रमा संजय लामाको छायाँकन तथा गोबिन्द राईको नृत्य निर्देशन रहने छ । चलचित्रमा बाबु बोगटी बाहेक अन्य सबै नयाँ कलाकार राखिने निर्माता घतानीले जानकारी गराए ।

0 comments:

Post a Comment