राजले काट्दा सबै दंग

पछिल्लो केही समय यता नेपाली चलचित्रकर्मीहरु एका एक रिबन काट्नमा माहिर देखिन थालेका छन् । प्राय जयो उद्घाटन कार्यक्रमहरुमा सेलिब्रेटीहरुबाट नै रिबन कटाइने गरिन्छ । तर मंगलबार आयोजित चलचित्र 'के यो माया हो को' प्रिमियरमा भने एक अनौठो रिबन कटाईको दृष्य देखियो ।चलचित्र बिग सिनेमामा प्रिमियर हुँदै थियो । हलको प्रबेशद्धारमा रिवन राखिएको थियो । रिवन काटेर चलचित्र प्रदर्शनको सुरु गर्नु पर्ने कार्यक्रम तय भएको रहेछ । तर त्यसको बाहिर केही समय चलचित्र युनिटको परिचय गराउने कार्यक्रम रहेका कारण उक्त रिवन काट्ने काम चलचित्रको युनिटले बिर्सियो । गेटमा चलचित्रहलमा प्रबेश गर्नेको लामै लाइन लाग्यो तर रिवन काट्न कोही पनि आएन ।अन्तत: उक्त प्रिमियर शोको उद्घाटन गरे नायक राजबल्लभ कोइरालाले । गेट नजीकै रहेका राजको नाम केही चलचित्रकर्मीहरुले लिए पछि नजिकै रहेका सञ्चारकर्मी सुरेश दर्पण पोखरेल अगाढी बढे अनि कैचि ल्याएर राजलाई रिवन काट्न लगाए । यसरी राजले रिवन काटेर औपचारीक रुपमा चलचित्र 'के यो माया हो' को प्रदर्शनको उद्घाट्न गरे । यसरी लामो समयसम्म चलचित्र हेर्न कुरेर बसेका उपस्थित पाहुना दर्शकहरू सबैलाई राजले नै हल भित्र छिराए ।राजले रिवन काटे पछि भने चलचित्रका सबै सदस्यहरु जिल्ल परेका थिए । उनिहरु आफु रिवन काट्न अग्रसर भएर नआएकोमा सायद पश्चाताप गर्दै थिए मन मनै । तर चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार उनीले पनि रिवन काट्न छ भन्ने कुरा बिर्सेका रहेछन् । चलचित्रका प्रस्तुत कर्ता सुरेश पहारीलाई त रिवन काट्न छ भन्ने पत्तै रहेनछ । चलचित्रका मुख्य कलाकार थिए नायिका सुस्मा कार्की, आर्यन सिग्देल, अरुणिमा लम्साल र सौगात मल्ल तर यि सबै राजले रिवन काटे पछि जिल्ल भएका थिए ।बुझ्नमा आए सम्म चलचित्रका मुख्य कलाकारहरुले एक साथ रिवन काटे पछि चलचित्रको प्रिमियर उद्घाटन गर्ने कार्यक्रम थियो । जेहोस् युनिटका कलाकारहरुले बेवास्ता गरे पनि नायक राजले भने उपस्थित ब्यक्तिहरुको आग्रहलाई स्विकार गरि उद्घाटन गरिदिए । चलचित्रमा कुनै भुमिका नभए पनि चलचित्रको प्रदर्शन उद्घाटन भने नायक राजले नै गरे ।

0 comments:

Post a Comment