रिएल लाइफमै आर्यनको लिभिङ टुगेदर !

चलचित्रमा मात्र होइन वास्तविक जीवनमै हिरो आर्यन सिग्देलले लिभिङ टुगेदर गर्ने भएका छन् । गर्लफ्रेन्डसँग आफू चाँडै लिभिङ टुगेदर गर्न चाहेको नेपाली सिनेटाउनका एलिगेबल ब्याचलर आर्यनले खुलाए ।तर,अविवाहित आर्यनसँग सँगै बस्न लागेकी ती बाला को हुन् उनलॆ बताएनन् । 'तपाईँहरुले चाँडै खुशिको खबर थाहा पाउनुहुनेछ' शुक्रबार रिलिज हुन लागेको 'के यो माया हो'का लभरव्वाइले भने 'लिभिङ टुगेदर गर्ने पहिल्यैदेखिको मेरो सोच हो ।यसका लागि घरबाट अनुमति लिइसकेको छु ।'आर्यन यतिबेला लाजिम्पाटस्थित फ्ल्याटमा बस्छन् ।'के यो माया हो' चलचित्रमा पनि आर्यनले हिरोइन सुष्मा कार्कीसँग अनस्क्रिन लिभिङ टुगेदर गरेका छन् ।नेपाली सहरमा हुर्किएको लिभिङ टुगेदर ट्रेन्डलाई चित्रण गरिएको चलचित्रमा आर्यनले कमेडी भूमिका निर्वाह गरेका छन् । 'फिल्म र मेरो व्यक्तिगत योजना संयोग मात्र हुन्' आर्यन भन्छन् 'फिल्मको प्रपोगान्डाका लागि मात्र लिभिङ टुगेदर गर्न लागेको होइन । म यसलाई एकअर्काको प्रेम स्थापित गर्ने माध्यम ठान्छु ।'आर्यनले वास्तविक जीवनमा लिभिङ टुगेदर गरुन या नगरुन लिभिङ टुगेदरको फिल्मको कथाले भने तन्नेरी दर्शकलाई मनोरन्जन गराउनेछ । वास्तवमै आर्यन रिएल लाइफमै लिभिङ टुगेदरका लागि तयार भएका हुन् ? भन्छन् -अफ कोर्स !

0 comments:

Post a Comment