लिभ इन टुगेदरमा नायिका

शहरमा मौलाउदै गएको लिभ इन टुगेदरको कथामा चलचित्र 'के यो माया हो' निर्माण भएको छ र सो चलचित्र अहिले देशभर प्रदर्शन पनि भईरहेको छ । चलचित्र 'के यो माया हो' रिलिज भए लगत्तै चलचित्रकर्मीहरुको वास्तबिक जीवनमा लिभ इन टुगेदर पाइएको छ ।सुर्दशन थापाले निर्देशन गरेको चलचित्र 'के यो माया हो' मा उनले कथालाई कत्तिको न्याय गरेका छन् त्यो त चलचित्र हेर्ने दर्शकहरु सबैले मुल्याङकन गरिरहनु भएको छ होला । यदि निर्देशक सुर्दशन थापाले चलचित्रमा यो कथालाई न्याय गर्न नसकेको भए पनि चलचित्रको एक जोडीले भने लिभ इन टुगेदरको कथालाई न्याय गरेका छन् ।यसरी वास्तविक जीवनमा लिभ इन टुगेदरको कथालाई न्याय गर्ने चलचित्रकर्मीहरुमा प्रोडक्सन म्यानेजर प्रकाश महरा र नायिका कल्पना शाही रहेका छन् । करिब एक वर्ष अगाडी निर्देशक सुमन दाहालले चलचित्र मन परेपछिमा भित्राए पछि नायिका कल्पना शाहीले डेब्यु चलचित्र मन परेपछि बाहेक अन्य चलचित्रमा महराकै सिफारिसमा काम गर्ने गरेको बुझिएको छ । क्लासिक सिने युनिभर्सका सञ्चालक एबम चलचित्रका चर्चित प्रोडक्सन म्यानेजर प्रकाश महरा र कल्पनाको भेट एक वर्ष अगाडी भएको थियो । त्यसपछिका दिनहरुमा महराले प्रेमको पहिलो कदम उठाए पनि त्यस पछिका दिनहरुमा दुबैको प्रेम झाङ्गिदै गएको एक बिशवस्त श्रोतले जनाएको छ ।रमेश बुढाथोकीले निर्देशन गरेको चलचित्र ग्याम्बलर र बिजय बिक्रम बस्नेत निर्देशित हात लाग्यो शुन्यमा समेत महराको सिफारीसमा काम गरेकी कल्पनाले अब भने महरालाई आफ्नो जीवन साथी बनाउने भएकी छन् । यस बारेमा बुझ्न खोज्दा दुबैले आफ्नो सम्बन्धलाई गोप्य राख्न चाहे पनि उनिहरु चाँडै नै लगन गाँठो कस्ने तयारीमा रहेको श्रोतले दाबि गरेको छ ।

0 comments:

Post a Comment