ह्याट्रिकबाट बच दिपेन्द्र

निर्देशक दिपेन्द्र के. खनालको चलचित्र 'चपली हाइट' को छायाँकन अन्तिम चरणमा पुगेको छ । दुई वटा गीतहरु छाँयाकन गर्न बाँकि रहे पनि अन्य सम्पूर्ण छायाँकन सकिएको छ ।२२ दिनमा चलचित्रका दुई गीत बाहेक अन्य सम्पूर्ण भागको छायाँकन सकिएको बताउने दिपेन्द्रले बुधबारबाट गीतको छायाँकन थालिने जनाएका छन् । रेनसा राईको नृत्यनिर्देशन रहने चलचित्रका २ गीतहरु काठमाण्डौ र पोखरामा छायाँकन गरिने खनालको भनाई छ ।अमिर गौतम, बिनिता बराल र राज घिमिरेले मुख्य भुमिकामा अभिनय गरेको चलचित्रको थ्रिलर रहेको छ ।चपली हाइटमै घटेको सत्य घटनालाई चलचित्रमा उतारेको दिपेन्द्रले जनाएका छन् । बैशाख १गते भित्रमा चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने गरी कामलाई तिब्रता दिएको खनालको भनाई छ ।चपली हाइटकै कथा भएका कारण काठमाण्डौको उत्तरी डाँडो चपली हाइटमा नै चलचित्रको छायाँकन गरिएको खनालको भनाई छ। चलचित्रको कथा अनुसार छायाँकनका लागी काठमाण्डौ बाहिर जान नसके पनि गीतका लागी भने पोखराका रमाईला रोमान्टिक दृष्यहरु समाबेश गरि छाड्ने उनको भनाई छ ।यसअघि चलचित्र 'द युगदेखि युगसम्म' मा राजेश हमाललाई फरक गेट अपमा उतार्नुका साथै नायिका नन्दिता केसीसँग किस गराएर चर्चा पाएका खनालले त्यसपछि दोस्रो चलचित्रमा बलिउडमा ख्याति पाएकी नेपाली चेलि मनिषा कोइरालालाई अभिनय गराएर चर्चा बटुलेका थिए । व्यापारिक दृष्ट्रिकोणले यि दुबै चलचित्र असफल भए । अहिले प्राय नयाँ कलाकारलाई पर्दामा उतारेर बजार हल्ला पिटाउन थालेका दिपेन्द्रको तेस्रो चलचित्रले भने राम्रो व्यापार गरोस् । नत्र फेरी असफल चलचित्र निर्देशकको रुपमा दिपेन्द्रको ह्याट्रिक नहोला भन्न सकिन्न ।

0 comments:

Post a Comment