बिराजलाई पारसको धाप


हिरो बिराज भट्ट खादा र मालासँग निकै खुशि देखिन्थे । छेउछाउका अन्य अतिथिहरु पनि उत्साहित थिए । कारण -पूर्व युवराज पारस शाहले सुदूरपश्चिम क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा नेपाली चलचित्रका हिरो विराजलाई पनि सम्मान गरे, कसिलो मुठ्ठी कसे र धाप मारे । पारसको धाप पाउँदा हिरो विराज हाँसिरहे ।

धनगढीको डिभोटी होटलमा आयोजित समारोहमा पारसले कलाकार, खेलाडी, पत्रकार, समाजसेवीलाई पनि सम्मान गरे । पारसबाट सम्मान ग्रहण गरेपछि हिरो बिराजले आफ्नो योगदानको कदर भएकाले उत्साह बढेको बताए । उनीसँगै थारु भाषाको चलचित्रका निर्देशक प्रेम चौधरी, हाँस्य कलाकार चेतबहादुर सिँह पनि सम्मानित भए ।

पछिल्लो समय निकै सकि्रय भैरहेका पारसले सेलिव्रेटीहरुलाई सार्वजनिक रुपमै सम्मान र बधाइ दिन थालेका छन् । फिल्मी हिरो बिराज उदाहरण हुन् । कार्यक्रममा बोल्दै पारस शाहले राष्ट्रियताका लागि कलाकारको भूमिका महत्वपूर्ण हुने बताए । हिरो बिराजको अपकमिङ चलचित्र 'सिन्दुर' भदौ २५ मा रिलिज हुँदैछ ।

0 comments:

Post a Comment