टाइटल एउटै : फिल्म दुइटा

शीर्षक एउटै तर चलचित्र भने दुइवटा । कलिउडमा यो भएको छ । 'देशले रगत मागे' शीर्षकमा सुटिङ सकेर पनि यतिबेला एउटा फिल्म डबिङमा छ भने अर्कोको सुटिङ भने आइतबारबाट सुरु भएको छ । भएछ के भने, निर्देशक बद्री अधिकारीले उक्त शीर्षकमा फिल्म बनाउने निर्णय गरेको एकदिनअघि नै अर्का निर्देशक उद्धव अभिजितले चलचित्र विकास बोर्डमा उक्त नाम दर्ता गरिदिएछन् । तर, अधिकारीले भने उक्त शीर्षकमै चलचित्रको काम पुरा गरिसके ।

'उहाँहरुले एकदिन अगाडि नै दर्ता गरिसक्नुभएछ' अधिकारीले भने 'वास्तवमा हाम्रो निर्णय थियो त्यो, निर्णय लिक भयो ।' कानुनी रुपमा अधिकारी पछि परेपनि अहिलेसम्म उनले चलचित्रको शीर्षक परिवर्तन गरेका छैनन् जबकि फिल्मको काम पोस्टप्रोडक्सनको प्रकि्रयामा छ । अधिकारीको फिल्म 'देशले रगत मागे'मा राजेश हमाल, सुशिल श्रेष्ठ, प्रसन्न गोपाली, विकास चापागाईं, राजु लामा, पेरिसा हमालले अभिनय गरेका छन् ।

अर्कोतिर उद्धव अभिजितको फिल्म 'देशले रगत मागे'को सुटिङ आइतबारबाट सुरु भएको छ । उद्धवको अर्को चलचित्र 'कालापानी' अहिले डबिङ प्रकि्रयामा छ । 'हामी कानुनी रुपमा बलिया छौं' उद्धवले भने 'दर्ता गरेको चलचित्रले नाम फेर्ने कि दर्ता नभएकाले ?' उनले विवाद गर्नु आवश्यक नरहेको बताए ।

0 comments:

Post a Comment