
रोचक कुरा यो चलचित्र 'दुलही'मा मुख्य भूमिका राजेशकै हुनेछ । हिरोइन र अन्य कलाकार तय भैसकेको छैन । पाँचवर्षअघि स्क्रिप्ट तयार भैसकेपनि राजेशको स्वीकृति पर्खनुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको हो । राजेशले आफूबारे बन्न लागेको फिल्मप्रति खुशि जनाउँदै पूर्ण सहयोग गर्ने बताएका छन् । राजेशले ढिलो गरि स्वीकृति दिएपछि फिल्म बनाइन लागिएको हो । निर्देशकका अनुसार चलचित्रभित्र राजेशको विहे गराइनेछ ।
मंसिर दोस्रो हप्ताबाट फ्लोरमा जाने यो फिल्म ओएसआर फिल्म्सको ब्यानरमा निर्माण गरिन लागिएको हो । मुम्बईबाट गीत रेकर्ड गरेर फर्किएपछि निर्माण सुरु गरिने बताइएको छ । फिल्मपछि राजेशले विहे गर्ने हुन् कि होइनन् कुर्नुपर्ला ।
0 comments:
Post a Comment