सलमान खानको फिल्मलाई पछार्यो 'पलपलमा' ले


पुरूष यौनकर्मीको कथालाई समावेश गरेर निर्माण गरिएको चलचित्र पलपलमाले सलमान खानको हिन्दी चलचित्र ‘दबंग' लाई आउट गरिदिएको छ ।
काठमाण्डौको कालोपुलमा रहेको हिरारत्न चलचित्र मन्दिरमा गएको शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र दवग्ङ पलपलमाको कारण आज सोमबार बाट बाहिरिएको हो । चौतर्फी राम्रो ब्यापर गर्न सफल सलमान खानको ‘दबंग’ भन्दा पलपलमा चलाउन दर्शकले डिमाण्ड गरेपछी आजबाट त्यहाँ पलपलमा देखाइन लागिएको हो ।

काठमाण्डौका १७ वटा सिनेमा घरमा प्रदर्शन भईरहेको सो चलचित्रले ३ दिनमा २९ लाख कलेक्सन गरेको जानकारी प्राप्त भएको छ ।हिन्दी चलचित्रलाई धेरै ग्रहयता दिने सो हलमा यसरी नेपाली चलचित्रले ठूला प्रोजेक्टका चलचित्रलाई आउट गरिदिनु साच्चिनै प्रसंशा गर्न योग्य छ ।

१६ बर्षमुनिका दर्शकलाई हेर्न प्रतिबन्ध लगाइएको सो चलचित्रलाई उकेश दाहालको निर्देशन गरेका हुन । चलचित्रमा रमित ढुङ्गाना र सुजाता सिटौलाले दिएको बेड सिन सवै भन्दा चर्चाको बिषय बनेको छ ।

0 comments:

Post a Comment