९ बजे सुमिनाले के गरिन् ?

केही समय अघि एक नायिकाले अनलाइनखबरसँग कुरा गर्दै भनेकी थिईन्, ‘चलचित्र ए ६९ भित्र धेरै नै सेक्स र चुम्वनका दृश्य दिनुपर्ने भएकाले मैले यो चलचित्र गरीन ।’ चलचित्रमा सकेको जत्ति खिच्ने र सेन्सरले काट्यो भने पनि केही नहुने भन्दै निर्माणपक्षले उनलाई अफर गरेको थियो । तर, चलचित्रका लागि नायिका खोज्न गाह्रो भएपछि यो सिनेमाको युनिटलाई अप्ठ्यारो परेको थियो । तर, अव यो चलचित्रको नामलाई परिवर्तन गरिएको छ । ६९ भन्ने शब्दले सिधै भाषामा सेक्सलाई इङ्कित गरेपछि निर्देशक वावुराम ढकालले यो सिनेमाको नाम परिवर्तन गरेका हुन् । अव यो सिनेमाको नाम, ‘नाईन ओ क्लक’ हुने भएको छ । नाईन ओ क्लक नाम राखि चलचित्रको छायांकनमा जाने तयारीमा निर्माणप्ाक्षको रहेको छ । चलचित्र ‘नाईन ओ क्लक’को छायांकन जेठको २३ गतेवाट आरम्भ गरिने भएको छ ।
चलचित्रमा, अव मुख्य भुमिकामा नायिका सुमिना घिमिरेले अभिनय गर्ने भएकी छिन् । सुमिनाले यसभन्दा अघि वावुराम ढकालको चलचित्र ‘दुलही’मा अभिनय गरिसकेकी छिन् ।चलचित्र ‘नाईन ओ क्लक’मा लण्डनमा रहदै आएका कलाकार धु्रव दत्त र नव कलाकार दिक्षा पाठकको अभिनय रहने भएको छ । साथीहरुले नाम नै भल्गर भयो, यसैले परिवर्तन गर्न आवश्यक छ भनेर सुझाव दिएपछि ‘नाईन ओ क्लक’ वनाइएको निर्देशक वावुराम ढकालले जानकारी दिए । उनले नाम मात्र परिवर्तन भएको तर कथामा भने कुनै परिवर्तन नगरिने वताएका छन् ।उनले आफ्नो सिनेमाले सेक्सलाई नपछ्याउने पनि वताए । तर, चलचित्र ‘नाईन ओ क्लक’मा यस्ता दृश्य प्रशस्त भएको एक नायिकाले हामीलाई वताएकी थिईन् । यसरी, हेर्दा नायिका सुमिना घिमिरेले ‘नाईन ओ क्लक’मा प्रशस्त सेक्स र वेड सिनका दृश्य दिने पक्का रहेको छ ।

0 comments:

Post a Comment