किसमा नेपालीलाई कसले जित्ने ?

फिल्म लास्ट किसमा होस् वा एटिएममा चर्चा ‘किस’कै छ, नेपाली बालाहरुको किस काण्ड अब नेपालमा मात्रै सिमित हुन छाड्यो, त्यो भारतीय मिडियाका लागि पनि चर्चाको विषय बनेको छ । प्रसङ्ग हो, नेपाली बाला सिवाङ्गी राणाको ।नेपालगञ्जमा जन्मेकी सिवाङ्गी अहिले भारतीय च्यानल एमटिभीको रियालिटी शो ‘स्पिलिट्स भिल्ला’मा छन्, जहाँ उनले गरेको ‘किस’ले अर्को उत्पात मचाएको छ । ‘लभ गन वाइल्ड’ ट्याग भएको यो कार्यक्रममा सहभागी युवायुवतीले जोडी बनाउने गरेका छन् ।कार्यक्रमको फरम्याट अनुसार भिल्लामा एक जना राजा र एक जना रानी हुन्छन्, अघिल्लो साता सिवाङ्गी रानी भएकी थिइन् । उनले भिल्लाका राजा भएका वरुणलाई आफ्नो पाटनर बनाईन । वरुणसँग इन्टिमेट हुादैँ आएकी सिवाङ्गी अघिल्लो साता पतिश्पर्धामा पछारिएपछि रानी हुन पाइनन् ।एलिमेनेशनबाट जोगिनका लागि सिवाङ्गीले वरुणसागसागै भिल्लाकै अलीसाग पनि सम्वन्ध अगाडी
बढाइन । सम्वन्ध यति धेरै अघि बढ्यो कि उनले अलीलाई ओंठमै किस गरिन् । सिवाङ्गीले अलीलाई किस गरेको कुरा अर्की साथीलाई भनिन्, भिल्लामा विवाद बढ्यो, यही विषयमा सिवाङ्गी र अरु साथिवीच ‘अनएअर’ ठूलै झगडा समेत पर्‍यो ।विवादकावीच सिवाङ्गीले भनिन्, म नेपाली राजघरानाकी छोरी हुँ, मेरी आमा भारत त्रिपुराकी राजकुमारीकी हुन्, मेरो पनि इज्जत छ । सिवाङ्गीको दावी के थियो भने, मैले अलीलाई ओंठमा होइन्, गालामा किस गरेकी हुँ । मुम्बईमा नायिकाका लागि संघर्षरत सिवाङ्गीले अरु धेरै कुरामा नेपाललाई नचिनाए पनि ‘किस’ काण्डैबाट भए पनि नेपालको थप परिचय दिलाउन सफल भएकी छन् । बधाई सिवाङ्गी ।

0 comments:

Post a Comment