धुर्मुस र माग्ने बुढाको झगडाले मेरी बास्सै संकटमा

मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बुढाबीच विवाद चुलिएपछि मेरी बास्सैको सुटिङ्ग नै रोकिएको छ ।३ हप्तादेखि मेरी बास्सैको नयाँ सुटिङ्ग हुन सकेको छैन । त्यसैले प्रत्येक शनिवार राति पौने नौ बजे प्रसारण हुने मेरी बास्सैमा पछिल्ला ३ वटा भाग पुरानै दोहोर्‍याएको छ । माग्ने बुढा र धुर्मुसबीच आफू आफूमा पनि प्रतिस्पर्धा भएको छ । त्यसैले धुर्मुश आफै नै धेरै भूमिकामा देखिन थालेका छन भने माग्ने बुढाले पनि विल्सनविक्रम राई तोक्मे बुढालाई राखेका छन् ।

आन्तरिक झगडाकै कारण यी २ ले एउटै हास्य श्रृखला पनि विगत केही बर्षदेखि छुट्टाछुट्टै सुटिङ्ग गर्दै आएका थिए । तर सिताराम कट्टेल अर्थात धुर्मुसले भने लगातारको हडताल र व्यस्तताले नयाँ श्रृखला सुटिङ्ग गर्न नपाएकोले पुरानै श्रृखला दोहोर्‍याएको बताए ।तर नेपाल टेलिभिजनसँग समय किनेर मेरी बास्सै कार्यक्रम प्रस्तुत गर्दै आएको विज्ञापन एजेन्सी मिडिया हवले भने धुर्मुस र माग्ने बुढाबीचको विवादले कार्यक्रम बन्द हुने स्थितीमा आएको जनाएको छ ।

0 comments:

Post a Comment