सुष्मालाई बिद्या बालन बन्ने रहर

उध्रेको चोलीबाट चर्चामा आएकीसुष्मा कार्की हट र बोल्ड नायिकको छवि बनाएकी छिन् । कतिपयले त उनलाई नेपाली मल्लिका सेरावत पनि भने । तर सुष्मालाई भने मल्लिका बन्ने कुनै रहर र योजना रहेनछ ।साप्ताहिक पत्रिका शुक्रबारलाई हालै अन्तरवार्ता दिंदै सुष्माले भनिन-’म मल्लिका भएँ भने हाम्रो इन्डष्ट्रीले कहाँ धान्न सक्छ र ?’ सुष्माले आफु मल्लिका भन्दा डर्टी पिक्चरवाली बिद्या बालन बन्ने लोभ लागेको खुलाउँदै भनिन-म बिद्या बालन बन्न चाहान्छु ।’आफु सामान्य केटी भएको दावी गर्दै सुष्माले फिल्मका लागि मात्र बोल्ड सिन दिएको बताइन् । रिलिज हुन लागेको बिन्दास फिल्ममा तपाईले खतरा सिन दिनुभएको छ रे नी भन्ने प्रश्नमा सुष्माले भनिन- किस
सिन सिस सिन केही छैन, एउटा सानो बेड सिन हो त्यो पनि डाइरेक्टरले कपडा खोल्नुपर्छ भन्दै हुनुहुन्थ्यो, तपाईले ब्लु फिल्म बनाउन लागेको हो र ? भनिदिएँ । निर्देशकलाई आफ्नो एउटा टाउकोबाट करोडौं रुपैयाँ कमाउने सपना नदेख्न समेत भनिछन् उनले । आफ्नो ६ बर्ष लामो अफयेर ६ महिनाअघि टुटेपनि अहिले लभसभ नहरेको सुष्माले दावी गरिन् । केही बर्ष हिट भएर पैसा कमाउने अनिमात्र बिहे गर्ने उनको योजना छ । आफ्नो सपनाको राजकुमारबारे उनले भनिन- अग्लो, काले काले । मस्कुलर । टक्क घोडा चढेर आवोस, अनि मलाई लिएर जाओस् ।’

0 comments:

Post a Comment