विनिता र दिक्पालविरुद्ध उजुरी नै उजुरी

साईवर क्राईमको आरोप खेपेर हप्ता दिन जेल वसेका दिक्पाल कार्कीविरुद्ध फेरी अर्को उजुरी परेको छ । दिक्पाल र नायिका विनीता वरालविरुद्ध हनुमानढोकामा नयाँ कलाकार दिपशीखा खड्काले किटानी उजुरी हालेकी छिन् । उनले आफुसाग यथेष्ट प्रमाण भएको वताउादै उजुरी हालेकी हुन् ।विनय डि.सि र सगुन के.सि नाम गरेको आईडिबाट अश्लिल र भन्नै नसक्ने म्यासेस आएको दीपशिखा बताउाछिन् । ‘दिक्पालले म्यासेस गरेको कुरा देख्ने तीन जना साक्षी त मै साग छन’- दीपशिखाको दावी छ । दिक्पालका नजिकका साथीहरु नरेन खड्का, उज्वल गिरी र पुष्प खड्कालाई साक्षीका रुपमा पेश गरेकी छिन् । तपाईलाई आएका म्यासेज कस्था थिए भन्ने हाम्रो प्रश्नमा उनले भनिन- ‘छि त्यस्तो कुरा त म बोल्नै सक्दिन ।’त्यसरी म्यासेज पठाउने विनीता र दिक्पाल नै हुन भन्ने प्रमाण सहित मुद्दा हालेको दीपशिखाको दावी छ । उजुरी परेपछि नायिका विनीता वराल शुक्रवार हनुमानढोका पुगेकी थिईन् । हनुमानढोकामा दिपशीखाले आफुसाग चर्को कुरा गरेको वताउादै वरालले भनिन्, मैले गल्ति नै गरेकी छैन म किन डराउने ?’ आफु दीपशिखालाई संझाउन मात्र हनुमान ढोका गएको भन्दै बिनिताले भनिन-उसको वोली सुनेर म केही पनि वोल्न सकिन, मौखिक प्रमाण देखाएर मात्रै हुन्छ ? प्रमाणित गर्न सक्नुपर्‍यो नी ।’ यसैवीच नायिका वरालले आफुले पठाएको एक सन्देशप्रति कथा लेखक कुमार कट्टेलसाग माफी मागेकी छिन् । हनुमानढोका उनले प्रहरीको रोहवरमा माफी मागेकी हुन् । स्टाटसमा चपली हाईटलाई पोर्न फिल्म भनेकाले आफुले केही गाली गरेर म्यासेस पठाएको भन्दै माफी मागेकी हुन् ।चपली हाइट खेलेर सिनेक्षेत्रमा हाइट लिन सफल नायिका वराल र उनका भाई भनिएका दिक्पाल कार्की माथि एकमाथि अर्को अपराधको अभियोग थपिरहेको छ । हाइटको ह्याङले बिनातामा मात चढेको हो वा बिनिताले दावी गरेझैं उनको हाइट घटाउनमात्र उजुरी गरिएको हो, त्यसका लागि केही दिन कुर्नैपर्ने छ । onlinekhabar

0 comments:

Post a Comment