बयानपछि बाहिरिएकी विनिताले आफू निर्दोष रहेको प्रमाण चौकीमा ल्याउने बताएकी थिइन्। आफ्नो फेसबुक स्टाटसमा भने विनिताले आफू प्रहरी हिरासतमा नरहेको दावी गरेकी छिन्। ९ जनाले विनिता र दिक्पालविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।गम्भीर अपराधको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चपली हाइटका हिरो राज घिमिरेको उजुरीका आधारमा दुबैलाई नियन्त्रणमा लिइएको हो। एसएसपी राजेन्द्रमान श्रेष्ठले नागरिकन्युजसँग भने, 'हिजो विनिता र दीक्पाल कार्कीलाई ल्याएका हौं, अहिले कार्की हिरासतमै छन् भने बराल अनुसन्धानको दायरामा नै रहेकी छिन्।'













0 comments:
Post a Comment