नायिका ऋचा घिमिरेलाई पुत्र लाभ

नायिका ऋचा घिमिरेलाई पुत्र लाभ भएको छ । ऋचाले काठमाण्डौको ओम अस्पतालमा आइतवार ३ केजी ७ सय ग्राम तौलको छोरो जन्माएकी हुन् । छोरालाई जन्म दिएपछि उनका पति शंकर घिमिरेले सवैभन्दा पहिला छोराको अनुहार हेरेका थिए । तर, नायिका क्रृचालाई भने छोरासँग २४ घन्टा अलग राखिएको थियो । सोमवार विहान साढे १२ बजे मात्र छोरा र आमालाईसगै राखिएको वताइएको छ ।असार २४ गतेका लागि चिकित्सकले डेट दिएपनि १४ दिन अघि नै क्रृचाले छोरालाई जन्म दिएकी हुन् । उनको अप्रेशन मार्फत वच्चा निकालिएको थियो । अप्रेशन सुरु भएको २५ मिनेटमा वच्चा निकालिएपनि क्रृचाको अप्रेशनका लागि भने ४५ मिनेट लागेको
थियो । उनले आइतवार विहान ११ वजेर २४ मिनेटमा छोरालाई जन्म दिए पनि पुत्र लाभका वारेमा आइतवार बेलुकी अबेरमात्र जानकारी गराइएको थियो । अहिले वच्चा र आमाको अवस्था सामान्य रहेको वताइएको छ । वच्चाको अनुहार वावु आमाको भन्दा केही गोरो छ । नायिका घिमिरेलाई सोईलिङ र प्रेशर वढेपछि अस्पताल भर्ना गरिएको हो । आमा र छोरालाई वुधवारसम्म अस्पतालमा राखिने भएको उनका पति शंकर घिमिरेले जानकारी दिए । छोराको जन्म भएपछि क्रृचाका पति निर्देशक शंकर घिमिरेले आफ्नो जिवनको विवाह पछिको सवैभन्दा खुशिको पल रहेको प्रतिक्रिया दिएका छन् । -OnlineKhabar

0 comments:

Post a Comment