धम्की दिने दिक्पालले माफी मागे

नायक राज घिमिरे लगायतका कलाकर्मीलाई फेसबुक र एसएमएस गरि धम्काउने कलाकार दिक्पाल कार्कीले आफुले गल्ती गरेको भन्दै माफी मागेका छन् । स्रोतका अनुसार उनले प्रहरीसमक्ष गल्ती भएको बयान दिंदै मेलमिलापका लागि राजसँग आग्रह गरेका छन् । सुरुमा बिनिताको उक्साहटमा आफुले म्यासेज पठाएको प्रारम्भिक बयान दिएका दिक्पालले अहिले साथीले आफ्नो फेसबुकबाट म्यासेज पठाइदिएको भन्दै बिनितालाई बचाउन खोजेका छन् ।वुधवारदेखि हिरासतमा रहेका कलाकार दिक्पाल कार्कीलाई प्रहरीले १३ गतेसम्म हिरासतमा राख्नेछ । यो समयसम्म मेलमिलाप भएमा उनलाई रिहा गरिने छ । जिल्ला प्रशासनमा जरिवाना तिरेर दिक्पाल छुट्न लागेको स्रोतको दावी छ ।राजले पनि दिक्पाललाई सुधि्रन मौका दिने सोंच बनाएका छन् । राजको ठम्माई छ- दिक्पाललाई उचाल्ने बिनिता नै हुन् ।
 मलाई फसाइयोः दिक्पाल 
तर, आइतवार अनलाइनखवरसँगको भेटमा उनले आफुलाई फसाउन खोजेको दाबी गरे । ‘मैले केही गल्ति
गरेको छैन, मलाई फसाउन मात्र खोजिएको हो ।’- उनले भने- ‘मेरो नामवाट उज्ज्वलले म्यासेज गरिदियो ।’यही काण्डमा मुछिएकी नायिका बीनिता वरालले भने राजले आफुसँग ‘चपलीहाईट’को रिस पोख्नका लागि षडयन्त्र रचेको आरोप लगाएकी छिन् । ‘चपली हाईट बीनीताको नामले चल्यो भन्ने वजारमा खवर गएपछि राजले आफु छायाँमा परेको महसुस गरेको थियो ।’ बीनिता भन्छिन- त्यसैको रिस फेर्न यो नौटंकी रचिएको हो ।बिनीतिको आरोप त केसम्म छ भने- बिनीताले एक्साएर म्यासेज गरेको बयान दिएमा दिक्पाललाई छुटाउने र बिनीतालाई जेल हाल्ने आश्वासन दिएका छन रे ।उनले भनिन्, उज्ववल वारम्वार हाम्रो घरमा आउँथ्यो, दिक्पालको ल्यापटपमा उसको फेसवुक पनि चलाउँथ्यो । अहिले थाहा भयो- ‘योजना वुन्नका लागि उ हाम्रो घरमा आउँदो रहेछ । दिक्पाल र विनीता एक अर्कालाई दिदी भाई मान्दै आएका छन् । -अनलाइनखवर

0 comments:

Post a Comment