प्रेमिकासँग कफी पिए राजेशले

आफ्नो जन्मदिनको दिन सुपरस्टार राजेश हमालले प्रेमिकासँग बसेर कफी पिए । भाटभटेनीमा भेटेका यी जोडी केवल दस मिनेटसम्म मात्रै सँगै रहेको खुलेको छ । राजेशलाई उनकी प्रेमिकाले ‘ह्यापी बर्थडे टु यु’ भनेर सुन्दर फूल उपहार दिइन् ।बिहानै राजेशले धर्म बहिनी मैनासँग बसेर जन्मदिन मनाएपछि उनी आफ्ना सहयोगी चिरन्जीवी र रोशनसँगै भाटभटेनी पुगेका थिए । त्यसपछि नयाँ नेपाल अपाङ्ग समाज केन्द्रमा पुगी अपाङ्गहरुसँग बसी केक काटेर गफिए । अहिले उनी स्वयंभुस्थित एक अपाङ्ग केन्द्रमा छन् जहाँ हिमाली भेगका बालबालिकहरु बस्ने गर्छन् ।गोधुली साँझमा राजेश उनकी अर्की धर्म दिदी शोभाको साथमा हुनेछन् । शोभाले उनलाई नेवारी परम्पराअनुसार पुजेर टिका लगाइदिने छिन् । त्यसपछि रातीको समयमा राजेश कपुरधारास्थित आफ्नो घरमा हुनेछन् जहाँ उनी पूर्णपारिवारिक वातावरणमा रम्नेछन् । आज कुनै पनि सुटिङ लगायतका काम नगरेका राजेशको दिनचर्या भोलिबाटै फेरि सुरु हुनेछ ।
एक्ला महानायकलाई जोडीको रुपमा देख्न पाइने आकांक्षासहित द नेपाल~रोमानिया को तर्फबाट मुरी मुरी शुभकामना उनलाई !

0 comments:

Post a Comment