बन्यो महंगो सिरियल

‘कागबेनी’बाट चलचित्र निर्देशनमा दह्रो पकड जमाएका भुषण दाहालको निर्देशकीय क्षमता फेरि देख्न पाइने भएको छ । सरदरमा तीन वटा जति नेपाली सिनेमा बन्ने बजेटमा भुषण दाहालको निर्देशनमा टेलिसिरियल ‘हाम्रो टिम’ बनाइएको हो । सिरियल डेढ करोडको लगानीमा बनेको हो ।मंगलबार याक एन्ड यतिमा एक भब्य समारोहबीच सिरियलको लंच गरियो । सर्च फर कमन ग्राउन्ड र एबी पिक्चर्सले निर्माण गरेको यो सिरियलमा फुटबल खेललाई केन्द्रविन्दुमा राखेर राष्ट्र, नेतृत्व, सामुहिकताको भावनालाई पस्किएको छ । सिरियलमा ऋचा शर्मा, दयाहाङ राइ, इलम दिक्षित, निरज चौधरी, घनश्याम कुमार मिश्र, अब्दुल खान, सौरम राज तुलाधरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । सरिना रिक्स त्रिपाठी र युवाकर राज राजकर्णीकार निर्माता रहेको यो नाटकको कथा केदार शर्मा, दीपक रौनियार, भुषण दाहाल, अभिमन्यू निरवी, अविनाश शाह र सर्च फर कमन ग्राउन्डले संयुक्त रुपमा लेखेका हुन् । यसैगरी पटकथा लेख्नेमा अविनाश शाह, दीपक रौनियार र अभिमन्यु निरवी छन् भने सिरियलको लागि विशेष अनुसन्धानकर्ता र संवाद लेखन गर्नेमा केदार शर्मा छन् । सिरियललाई विदुर पाण्डेले छायांकन गरेका हुन् ।फुटबल खेललाई नै सिरियलको प्रमुख विषयवस्तु बनाइनुको कारणबारे यस खेलको लोकप्रियताको भएको बताए भुषण दाहालले । १३ एपिसोडको यो सिरियल जेठ २६ गतेदेखि प्रत्येक विहिबार राती नौ बजे कान्तिपुर टेलिभिजमा प्रसारण हुनेछ । सिरियलको प्रशारण सकिएपछि यसको डिभिडि भर्सन आउने र अन्य टेलिभिजन च्यानलहरुमा पनि यसको रिपिटिटिभ टेलिकास्ट गरिने बताइएको छ ।

0 comments:

Post a Comment