नम्रताले पनि स्विकारिनन्

कृषा चौलागाईंको निर्माण र सबिर श्रेष्ठको निर्देशनमा ‘के म तिम्रो साथी बन्न सक्छु ?’ सिनेमाबाट विनिता बराल आउट भएपछि उनको साटो नम्रता श्रेष्ठलाई सिनेमाको लागि चुज गरिएको बताइएको थियो । तर नम्रताले पनि सो सिनेमा नखेल्ने घोषणा गरिन् ।‘यो सिनेमा खेल्न रिजेक्ट गर्नुभएको हो ?’ नम्रतालाई सोधिएको यो प्रश्नमा उनले, ‘रिजेक्ट भन्दा पनि उहाँहरुले यो सिनेमामा मलाई अफर गर्नुभएको थियो । मैले नखेल्ने जनाएकी हुँ ।’ भनिन् । ‘के म तिम्रो साथी बन्न सक्छु ?’ बाट डेब्यु गर्न लागेकी विनिता बराल स्क्यान्डलको कारण सिनेमा नखेल्नुभएको हो कि भन्ने प्रश्नमा नम्रताले ‘त्यस घटनाबारे केही थाहा छैन । मैले सिनेमा नखेल्ने मात्र भनेकी हुँ ’ भनिन् ।निर्मात्री कृषा चौलागाईंले बताएअनुसार नम्रताले पहिले खेलेको सिनेमा ‘मेरो एउटा साथी छ’सँग यो सिनेमा केही मेल खाने भएकाले यो सिनेमामा पनि नम्रता नै फिट हुने भनी उनले लास्ट आवरमा विनितालाई आउट गराइन् । अनि नम्रतालाई नै यो भूमिका सुट हुने बताएर उनैलाई छान्ने तयारी गर्दै थिइन् । तर नम्रता पनि कृषाको यो सिनेमामा नखेल्ने भएपछि चौलागाईं फेरि अप्ठ्यारोमा परिन् । अब उनले कुन नायिका छान्लिन् त्यो भने कौतुहुलको विषय भएको छ ।

0 comments:

Post a Comment