'पल'ले प्रीमिएर र च्यारिटि सो गर्ने

चर्चित लेखक कर्ण शाक्यको चलचित्र 'पल'ले रिलिज हुने केही महिना अघि नै प्रीमिएर सो र च्यारिटि सो गर्ने भएको छ । रमेश बुढाथोकीले निर्देशन गरेको सिनेमाका प्रोजेक्ट म्यानेजर सुवास काफ्लेले मेरोसिनेमालाई बतएअनुसार 'पल'ले चलचित्र विकास बोर्डबाट विशेष सिनेमाको सम्मान पाएको छ ।चलचित्र रिलिज हुन दुई महिना नै बाँकि हुँदा प्रीमिएर सो र च्यारिटी सो किन गर्न लागेको ? यस प्रश्नको उत्तरमा काफ्लेले 'पल' टिमको पैसा कमाउने कुनै उद्देश्य छैन । त्यसैले हामीले च्यारिटी सो र प्रीमिएर सो को लागि फोकस गरेका हौँ ।' भन्नुभयो । जेठको तीन गते सिनेमाको प्रीमिएर सो गरिने बताइएको छ ।यसबारे जानकारी गराउने उद्देश्यसाथ भोलि प्रेस मिटको कार्यक्रम राखिएको छ । 'देशैभरि ११ जेठबाट साउनको अन्तिमसम्म च्यारिटी सो को आयोजना गर्दैछौं ।'काफ्ले भन्नुहुन्छ । नेपालबाहेक विदेशका चारवटा मुलुकमा पनि प्रीमिएर सो आयोजना गर्ने बताइएको छ । सिनेमामा राजबल्लभ कोइराला, अनुप बराल, करिष्मा मानन्धरलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

0 comments:

Post a Comment