
मोटरसाइकलबाट ओर्लिएपछि ती पुरुषले हेल्मेट निकालेर गाडीको सिसा फोर्न खोजे । त्यसपछि भुवनले गाडीको सिसा खोले । सिसा खोलेपछि शर्मिलाका पतिले भुवनको कपाल भुत्लाउँदै हेल्मेटले उनको टाउकोमा हानिरहे । गर्लफ्र्रेन्डका पतिले यसरी तथानाम नाम गाली गदर्ैै मुक्का हानिरहँदा पनि भुवन सामान्य प्रतिकार गर्नेबाहेक अरु केही गर्न सकेनन् । यतिबेलासम्म त्यहाँ भीड जम्मा भइसकेको थियो । भुवनले भने यो बेफकुफ हो, यो पागल हो भन्दै कराईरहेका थिए । डंगोलले भने आफ्नो सम्पत्ति हडप्न श्रीमतिको पछि लागेको भन्दै अश्लिल गाली गरिरहेका थिए ।त्यही शर्मिलाका पतिले शर्मिलालाई समेत दुई चार झापु दिइसकेका थिए । करिव १५ मिनेटको द्वन्द्वपछि भुवन त्यहाँबाट कोटेश्वर चोकतिर भागे । शर्मिलाले हाँकिरहेको गाडी डंगोल दम्पतीकै रहेछ । घटनाका प्रत्यक्षदर्शी बालकोट निवासी राजन ढुंगानाका अनुसार त्यसपछि डंगोलले हातमा हेलमेट लिएर पहिले भुवन बसेकै सिटमा बसे । डंगोलले पत्नीलाई सम्झाउन खोजेपनि शर्मिला भने होस उडेको अबस्थामा थिइन, उनी केही पनि सम्झन सक्ने अबस्थामा थिइनन् ।उनी भागिसकेपछि प्रहरी पनि त्यहाँ पुग्यो । सुरुमा त दुर्घटना भएर भिडभाड भएको हो कि भनेर प्रहरी अलमलियो पनि । पछि डंगोल दम्पती र गाडीलाई कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय पुर्याइयो । शर्मिलाको लाइसेन्सबाट उनीहरु पतिपत्नी रहेको प्रमाणित भएपछि प्रहरीले छाडिदिएको थियो ।महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक प्रेमराज जोशीले भने सामान्य पति-पत्नीको झगडा भएकाले छाडिएको बताउनुभयो । प्रहरी पुग्दा कुटाइ खाने ब्यक्ति भागिसकेको र डंगोल दम्पतीले पछि मान्छे पठाएर गाडी फिर्ता लगेको जोशीले जानकारी दिनुभयो । भुवन केसी भने यो घटनापछि मिडियाको सम्पर्कमा आएका छैनन् ।शर्मिलाका दुई छोरी र श्रीमान छन् । केही दिनअघि ललितपुर प्रहरीको रोहवरमा भएको छलफलमा शर्मिला र उनका पतिवीच सम्बन्ध बिच्छेद गर्ने सम्पत्ति अंशबण्डा गर्ने सहमति भएको थियो । डंगोलको अधिकांश सम्पत्ति पत्नी शर्मिलाकै नाममा भएकाले प्रहरीले उनका बैंक खाता रोक्का गर्ने प्रकृया समेत थालेको छ ।
what he has done really good if i was there i will help him out to mr dangol...... pooor kc learn some lesson
ReplyDelete