गायक राजु लामासँग पूजाले दोस्रो बिहे गर्ने

नायिका पूजा चन्दले दोस्रो बिबाह गर्ने भएकी छिन् । लामो समय देखि अमेरिका बस्दै आएकी पूजाले द एन्जेल्स ब्यान्डका गिटारिस्ट तथा गायक राजु लामासँग बिबाह गर्न लागेकी हुन् । नायिका पूजा र गायक राजुले अगस्ट महिनामा बिहे गर्ने भनि शुक्रबार इङगेजमेन्ट गरेका छन् ।पूजाकी आमा, छोरी, नातेदार तथा राजुका बाबु र नातेदारको साथमा केहि कलाकारहरूको जमघटमा उनीहरूले औंठी साटासाट गरेर इङगेजमेन्ट गरेका हुन् । २०४९ सालमा पति सुरज चन्दसंग भागी बिवाह गरेकी पूजा सुरजसँगको सम्बन्ध बिच्छेद पछि १२ बर्षको चलचित्र करिअरलाई बीचमै रोकेर २००५ मा अमेरिका प्रस्थान गरेकी हुन् । अठार बर्षिया छोरीकी आमा समेत रहेकी पूजा अहिले बाल्टिमोरमा छोरी दिब्यासँगै बस्दै आएकी छिन् भने उनका पहिलो श्रीमान् नेपालमै छन् र चलचित्रको निर्देशनको तयारीमा छन् ।झण्डै ३६वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका पूजाले केहि महिना अगाडी नेपाल भ्रमणको क्रममा फिल्मीखबरसँग भने जस्तो केटा पाए आफू अर्को बिवाह गर्न तयार रहेको बताएकी थिईन् । उनले भनेकी थिइन्, 'बिवाह गर्ने सोच भएपनि भने जस्तो केटा पाएको छैन ।'पूजालाई फिल्मीखबरले कस्तो केटा चाहिएको छ त भनि प्रश्न गर्दा उनले भनेकी थिईन्, 'माया गर्ने र केयरिङ्ग गर्ने ।' पूजाले फिल्मीखबरसँग गरेको कुरा आज यथार्थमा परिणत भएको छ अर्थात उनले आफूलाई निकै माया गर्ने र केयरिङ गर्ने असल जीवनसाथी पाएकी छिन् ।अब कुरा आउँछ उनकी छोरीको । आफ्नै छोरीको भबिष्य राम्रो होस् भनेर अमेरिका हानिएकी पूजाले अब भने छोरीलाई कहाँ छोड्लिन् त ? आफ्नी अठार बर्षिया छोरीलाई पूजाले साथमै लान्छिन् या अरू कुनै बिकल्पको बाटो खोज्छिन् भन्ने प्रश्न सबैको मन मष्तिस्कमा नउब्जेला भन्न सकिन्न । आफ्नी छोरीको टेन्सन त पूजालाई होला नै तर पनि दोस्रो पति पाएकोमा नायिका पूजालाई बधाई तथा नयाँ दाम्पत्य जीवनको शुभकामना !

0 comments:

Post a Comment